Author: डा. अरुणा उप्रेती

अभिभावकहरूले यदि आफ्ना, शिशु र छोराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरूलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरूको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ। साना शिशु र बालबालिकाको स्वास्थ्य राम्रो पार्न र उनीहरूलाई रोगसँग लड्ने शक्ति दिलाउन बाहिरका प्याकेटका खाना, सिसीमा राखेका महङ्गो खाना, उचाइ र बुद्धि बढाउने भनेर विज्ञापन गरिएका गलत खाना होइन, आफ्नो भान्छामा जे छ त्यसैलाई शिशुको रुचिअनुसार र उसले खानसक्ने गरी बनाएर दिनुपर्छ। अहिलेका बालबालिका आमाबुबाले माया गरेर बाहिरका खानेकुरा दिएको देख्दा दुःख लाग्छ। एउटा त यसले बच्चाको स्वाथ्यमा नराम्रो असर पार्छ, अर्कोतिर बच्चाले जीवनभरको लागि घरको खानाभन्दा बाहिरको खाना उत्तम हुन्छ भन्ने सिक्छ।…

Read More

मिठाई धेरैलाई मन पर्ने खाद्यवस्तु हो। मिठाई उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन। यदि राम्रै तेलमा पकाइयो भने पनि बारम्बार तेल तताएपछि त्यस तेलमा विष पैदा हुन्छ। यसले मुटुलाई त खराब गर्छ नै, क्यान्सर समेत पैदा गराउन सक्छ भनेर विज्ञानले सिद्ध गरिसकेको छ। यस्ता मिठाईहरु प्रायः मैदा र चिनी बाट नै बनेको हुन्छन्। मैदा र चिनी दुबैको पौष्टिक तत्व हँदैन र यिनको धेरै प्रयोग बाट त शरीरमा पौष्टिक तत्वको कमी हुन जान्छ। शरीरमा पौष्टिक तत्वको कमि भएपछि अनेक किसिमका स्वास्थ्य समस्या पैदा हुन्छन्।…

Read More

काठमाडौं।दश वर्षपहिले नै पत्रिकाहरुमा स्वास्थ्यका बारेमा एउटा महत्वपूर्ण समाचार छापियो। ‘बजारी खानेकुरा स्वास्थ्यलाई घातक’ भनेर यस्ता खानेकुराले मोटोपन बढाउने र क्यान्सर गराउन सक्ने भनेर समाचार दिइएको थियो। क्यान्सर रोगका बारेमा लामो समय काम गर्दै आएका डाक्टरहरुले यो विषयमा बोलेका थिए तर विभिन्न सञ्चारमाध्यमले यो समाचार त्यति महत्वका साथ प्रचारप्रसार गरेनन्। यस्ता तयारी बजारका खानेकुरामा विभिन्न किसिमका चाउचाउ, पिज्जा, बर्गरजस्ता आकर्षक देखिने खानेकुराहरु पर्छन्। जतिबेला पत्रिकामा यो खबर निस्किएको थियो, त्यस समाचारको फेटोकपी नक्साल नजिकैको एकजना चौधरी भाइको पसलमा कसैले छाडेको रहेछ। त्यही बेलामा ती चौधरी भाइको सानो नानीलाई उनकी आमाले स्कूल जाने बेलामा स्कूलको टिफिनमा ‘खानेकुरा बनाउन भ्याएन, यही नै…

Read More

अहिलेका केटाकेटीहरुले भोक लाग्दा आलु चिप्स, चाउचाउ या ‘एक्स्ट्रा इनर्जी’ आदि लेखिएका सप्लिमेन्टहरु खाएको देख्दा म आफ्नो बाल्यकाल सम्झन्छु। मकैभटमाससँग चिया या मोही खाँदा हाम्रो पेट टम्म भरिन्थ्यो। बाहिरको बिस्कुट या चाउचाउ केही खानै पर्दैनथ्यो। मकै हाम्रो भान्सामा पाइने सस्तो तर ऊर्जा दिने खाना हो। हिजोआज भ्रामक विज्ञापनको प्रभावका कारण बालबालिका ‘मकै पनि खाजा खाने हो र ?’ भनेर नाक खुम्च्याउँछन्। अनि त्यही मकैलाई अचेल मल्टिप्लेक्स हलहरुमा ‘पप कर्न’का रुपमा बेच्न राखिएको हुन्छ। हाम्रा बालबालिका दुई मुठी मकैलाई दुई–तीन सय रुपैयाँसम्म तिर्छन्। किनकि, पप कर्न खाँदै फिल्म हेरेको दृश्य पनि विज्ञापनहरुमै देखाइन्छ। मैले चिनेकी एक महिला मित्र छिन्। एक दिन…

Read More