Author: आयो रैबार संवाददाता

सुर्खेत। निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार स्थानीय तह उपनिर्वाचन अन्तर्गत हालसम्म ३४ स्थानको मतगणना सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी १५ वडामा जित हासिल गरेको छ । त्यस्तै नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ । नेकपा (माओवादी केन्द्र) ले ६ वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक–एक स्थानमा जित हासिल गरेका छन् । कांग्रेसले जितेका स्थानहरूः लालीगुराँस नगरपालिका—८ तेह्रथुम गढी गाउँपालिका—६ सुनसरी ईश्नाथ नगरपालिका—७ रौतहट…

Read More

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो। खेल बिहान ९ बजेदेखि सुरु हुनेछ। प्रतियोगिताको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा जनकपुरको यो दोस्रो खेल हो। जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको सहज जित निकालेको थियो।

Read More

काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भएकी छन् । लामिछानेले ४ हजार २७२ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत प्राप्त गरिन् । यहाँ एमालेकी उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ र राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत पाए ।

Read More

काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मंगलबार देशभर मौसम मुख्यतया सफा रहने छ । बुधबार भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार चीन भ्रमणमा जाँदैछन् । उनी मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री ओली चीन जान र स्वदेश फर्किन हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरिएको छ । सो विमानमा ओलीसहित भ्रमण टोलीका ४४ जना चीन जाने छन् । ओलीसँगै जाने भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा.युवराज खतिवडा, मुख्यसचिव एकनारायण आर्याल, परराष्ट्र मन्त्रालयका मार्यादापालक प्रमुख विष्णु प्रसाद गौतम, प्रधानमन्त्रीका एडीसी दिवाकर खड्का छन् । प्रधानमन्त्री ओलीसँगै विमानमा सांसदहरू अर्जुन नरसिंह केसी, श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ, विजुला रायमाझी, रेखा शर्मा, विरेन्द्र…

Read More

सुर्खेत। कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्ग राज शाही निर्वाचित भएका छन्। आइतबार मतदानलगत्तै भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार १४३ मतसहित शाही निर्वाचित भएका हुन्। उका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याएका छन्। नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, काँग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका गगन बमले ५, राप्रपाका गोगनबहादुर शाहीले १७ मत ल्याएका छन्।

Read More

सुर्खेत। दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। शाही ३ हजार १२७ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार झलकबहादुर भण्डारीले २ हजार ६७५ मत ल्याएका छन्। नेकपा माओवादीका उम्मेदवार जंगबहादुर बरालले ८४२ मत ल्याएका छन्। रास्वपाका उम्मेदवार प्रकाशकुमार बुढाले ११२, नेमकिपाका दुर्गबहादुर मगरले ५३, राप्रपाका सुर्जे रावतले ४७ मत पाएका छन्। नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार जगतबहादुर हमालले ४ मत पाएका छन्। यसअघि २०७९ को निर्वाचनमा महाबु गाउँपालिका काँग्रेसले जितेको थियो। त्यसबेला काँग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए। उक्त निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका हरिप्रसाद उपाध्यायले २ हजार…

Read More

काठमाडौँ । बर्दियाको नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेस उम्मेदवार थारुले १ हजार ४३ मत प्राप्त गरेर निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ । थारुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शेरबहादुर थारुले ६ सय ७८ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विष्णुप्रसाद देवकोटाले ३ सय ३७, नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्माले १७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

Read More

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका उम्मेदवार घिमिरेले १ हजार ८५ मत ल्याएर जित हासिल गरेका हुन् । ककनी गाउँपालिका २ को अध्यक्षमा कांग्रेसका सूर्य तामाङ ५ सय ८७ मत ल्याएर दोस्रो भए भने एमालेका यमबहादुर लामाले ३ सय ४१ मत ल्याएर तेस्रो भएका छन् । रास्वपाका उम्मेदवार मंगलसिद्धी लामा तामाङले ८३ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवारले २८ मत प्राप्त गरेका थिए ।

Read More

काठमाडौँ ।धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगले जारी गरेको मतपरिणामअनुसार धनुषाधाम १ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार शुनीलकापर केवट निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार वडाअध्यक्षमा निर्वाचित केवटले ६ सय ८४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेशका अशोककुमार मण्डलले ६ सय २ मत प्राप्त गरेका थिए । तेस्रो नम्बरमा रहेका जसपा, नेपालका उम्मेदवार अजयकुमार यादवले ४ सय ९९ मत प्राप्त गरेका छन् भने एमालेका प्रमोद यादवले ३ सय ६५ मत प्राप्त गरे । त्यस्तै, राप्रपाका उम्मेदवार रामदेवसिंह दनुवारले २ मत ल्याउँदा जनमतका उम्मेदवार…

Read More