काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रलाई प्रचण्डपन्थी भन्नु उपयुक्त हुने टिप्पणी गरेका छन् । वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता–स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले टिप्पणी गरेका हुन् । माओवादी आन्दोलन केही कमीकमजोरीसहित आधुनिक नेपाल राज्य बने यताकै क्रान्तिकारी र रूपान्तरकारी आन्दोलन भएको र ०७२ सालमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै ऐतिहासिक कार्यभार पुरा गरेको भट्टराईले लेखेका छन् । ‘अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त होला।…
Author: आयो रैबार संवाददाता
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् । बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख साहले सरकारले सञ्चालन गर्ने सरकारी फ्याक्ट्रीहरू र उद्योगहरू कसरी डुब्छन् भन्ने कुराको उदाहरण सिंहदरबारको वैद्यखाना भएको बताएका हुन् । उनले भने, ‘यो देश किन डुबेको भन्ने अहिलेका साना विद्यार्थीहरू, बाबुनानीहरु तथा अध्ययन गर्ने अभियन्ताहरू सबैले यो देश किन डुबेको हेर्न मन छ भने सिंहदरबारको वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ यो देश किन डुबेको भन्ने कुरा ।…
काठमाडौं। आज काग तिहार । घरघरमा कागको पूजा गरी मनाइँदै छ । कागलाई सन्देशवाहक पक्षीको रूपमा पूजा गर्ने चलन रहेको छ । काग करायो भने केही सन्देश या पाहुना आउने विश्वास गरिन्छ । आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन पनि छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । धर्मशास्त्र अनुसार कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रूपमा लिइन्छ । नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले…
काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ। लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ। काग…
काठमाडौं। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको…
काठमाडौं । गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा उनले सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउन मन्त्रालयले काम गरिरहेको बताए । गृहमन्त्री लेखकले भने, ‘७७ वटै जिल्लामा परिचालित सशस्त्र प्रहरीलाई थप जनशक्ति व्यवस्थापनका साथै भौतिक पूर्वाधार, युग सुहाउँदो बन्दोबस्ती सामग्रीले सुसज्जित गर्दै लैजान गृहमन्त्रालय प्रयासरत छ ।’ नीतिगत व्यवस्था र कार्यान्वयनको तहमा गर्नुपर्ने आवश्यक सम्पूर्ण सहयोग गर्न मन्त्रालयबाट तयार रहेको उनले उल्लेख गरे । उनले राज्यले सुम्पिएका जिम्मेवारीलाई विषम परिपस्थितिमा समेत सशस्त्र…
काठमाडौं । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा रुबी खानसहितको समूहसँग गृह मन्त्रालयले तीन बुँदे सहमति गरेको छ । सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरुपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने निर्णय भएको छ । योसँगै खानसहितका महिलाहरुले गरेको आन्दोलन स्थगित भएको छ । सहमतिमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र रुबी खानले हस्ताक्षर गरेका छन् । नेपालगञ्जबाट बेपत्ता निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको समूहसँग गृह मन्त्रालयले वार्ता गरेको हो । खानको नेतृत्वमा डेढ महिनादेखि नेपालगञ्जका महिलाहरूले कुर्मीको न्याय माग्दै आन्दोलन गरिरहेका थिए । सरकारले खानसँग यसअघि नै चार पटक सहमति समेत गरिसकेको थियो । पाँचौँ पटक उनी…
सुर्खेत । वातावरण प्रदूषण सम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले कारण देखाऊ आदेश जारी गरेको छ। सोमबार उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको एकल इजलासले विपक्षीका नाम १५ दिनभित्र कारण देखाऊ आदेश जारी गरेको हो। वीरेन्द्रनगर नगरपालिका-६ बसपार्क छेउमा बिगत २ बर्षदेखि खड्का निर्माण सेवाले अस्पल्ट उद्योगबाट विभिन्न कच्चा पदार्थहरू पकाएर सडक कालोपत्रेका लागि अलकत्रा बनाउँदा त्यसबाट दैनिक निस्किने धुवाँले वीरेन्द्रनगरलाई नै प्रदूषित बनाएको भन्दै आइतबार उच्च अदालत सुर्खेतमा रिट दर्ता गरिएको थियो। इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, अधिवक्ता प्रकाश बाबु ऐडी र सामाजिक अभियन्ता नवराज बोहराले त्यस उद्योग विरुद्ध अन्तरिम आदेशसहितको आदेश जारी हुनुपर्ने भन्दै रिट दायर गरेका थिए।…
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ वटा जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ । मन्त्रालयले सोमबार १३ वटा जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण आयोजना÷कार्यक्रम प्रस्ताव गर्न आह्वान गरेको हो । जसअनुसार सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, बझाङ, अछाम, डोटी, बाजुरा र कर्णाली प्रदेशका मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, रुकुम पश्चिम र जाजरकोटका सबै स्थानीय तहलाई आउँदो मङ्सिर ५ गतेभित्र कार्यक्रम/योजना प्रस्ताव गर्न मन्त्रालयले आह्वान गरेको छ । मन्त्रालयका अनुसार सरकारको वार्षिक बजेट तथा कार्यक्रममार्फत चालु आर्थिक वर्ष…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिने बताएका छन् । समितिमा आनन्द मोहन भट्टराई‚ ईश्वर खतिवडा जस्ता न्यायाधीशहरूलाई सहभागी गराउने उनले दाबी गरे । सहकारी बचत अपचलनमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिर ल्याउन दबाब दिँदै मंगलबार बालुवाटार क्षेत्रमा भएको सडक संघर्षमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले सरकार भने दल फुटाउने विधेयक ल्याएर साना दल फुटाएर रवि लामिछानेलाई सिध्याउने ध्यानमा रहेको बताए । वाग्लेले सरकार आफूहरूलाई थर्काउने धम्काउने गलाउने रणनीतिमा लागेको भन्दै विरोध गरे । ‘धनराज गुरूङ र ऋषिकेश पोखरेल…