Author: आयो रैबार संवाददाता

काठमाडाैं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०४७ सालयताका सबै भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् । च्यासलस्थित पार्टी मुख्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा फिल्म देखाउन बाँकी नै रहेकाे बताए । ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो । अहिले आएर बल्ल अगाडि बढेको छ । त्यसमा म खुसी नै छु,’ उनले भने, ‘प्रधानमन्त्रीले भनेको फिल्म देखाउन अझै बाँकी नै छ ।’ अध्यक्ष ओलीले धरै ठूलो संख्यामा ठगी भएपछि मात्र अहिले छताछुल्ल भएको टिप्पणी गर्दै भ्रष्टाचार हुनासाथ छानबिन गर्ने र कारबाही गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले सरकारविरुद्ध बोल्नेलाई कारबाहीको धम्की दिने र मुख थुन्ने…

Read More

काठमाडौँ ।कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सब स्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सब स्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिले खण्डमानै खुर्कोटमा २२०-१३२ केभी र दानामा २२०-१३२-३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सब स्टेसनसम्मको ८८ किलोमिटर…

Read More

चितवन।बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशलाई दूध उत्पादनको केन्द्र बनाउने योजना अघि सारेको छ । मन्त्रालयले प्रदेशभित्रका तराईका जिल्लामा ३० हजार लिटर दूध संकलन क्षेत्र र पहाडमा पाँच हजार लिटर दूध संकलन हुने क्षेत्रलाई समेटेर दूध ‘जोन’ बनाउन सुरु गरेको हो । मन्त्रालयका सचिव डा शरण पाण्डेका अनुसार यस आर्थिक वर्षमा चितवन, काभ्रे र ललितपुरमा गरी पाँच जोन बनिसकेका छन् । चितवन र काभ्रेमा दुई-दुई जोन बनेका छन् भने ललितपुरमा एउटा बनेको छ । आगामी आवमा यो सङ्ख्यालाई बढाउँदै लैजाने मन्त्रालयको योजना छ । दूध जोन बनिसकेपछि सो क्षेत्रमा रोगविरुद्धको सुई दिने, पशु आहारको कार्यक्रम लैजाने, दूध उत्पादन…

Read More

काठमाडाैँ । अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका छन् । एयर इन्डियाको जहाज त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि एयर इन्डिया बनारस र फ्लाई दुबई र इन्डिगो एयरको जहाज लखनाउ डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।    विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डाइभर्ट भएका तीन जहाजमध्ये एयर इन्डिया र फ्लाई दुबईको जहाज पुनःअवतरण भइसकेका छन् भने इन्डिगो एयर राति १०ः४५ बजे काठमाडौँ अवतरण गर्ने उडान तालिका रहेको छ ।     डाइभर्ट हुनुअघि एयर इन्डियाको जहाजले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ओभरसुट गरेको थियो । काठमाडौँ विमानस्थलमा मिस एप्रोच भएपछि उक्त जहाज करिब एक…

Read More

अर्घाखाँची । आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भूमिकास्थान नगरपालिका–२ ढाकाबाँगमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ नै शोकमा डुबेको हो ।    कोरियाबाट रोजगारी गरेर घरमा आएका ३६ वर्षीय माधव बेल्वासे घर नजिकै लागेको निभाउन गए । आगो निभाउने क्रममा घाइते माधवको उपचारका सिलसिलामा काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । उनको मृत्यु भएपछि घरमा रहेका २६ वर्षीया श्रीमती राधा बेल्वासे र नाबालक दुई छोराको बिचल्ली भएको छ । छोरा अढाइ वर्ष र एक वर्षका छन् । कमाउने र…

Read More

नेपालगन्ज । बाँके प्रहरीले पेस्तोलसहित तीन युवकलाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको किङ क्रस क्लबबाट बर्दियाका सुमन रिजाललाई अटोमेटिक पेस्तोल र त्यसको एक राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं डीएसपी रामबहादुर घर्तीमगरका अनुसार रिजालसहित पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिकाका वडा नम्बर–९ का २९ वर्षीय धर्म पुनमगर, र बर्दिया गेरुवा गाउँपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीय सागर शाह छन् । डीएसपी घर्तीमगरले स्थानीय किङ क्रस क्लब डान्स बारमा मंगलबार राति झगडा भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले जाँच गर्ने क्रममा सोही क्लबको शौचालयमा लुकाइराखेको उक्त अटोमेटिक…

Read More

काठमाडाैँ । विविध कार्यक्रम आयोजना गरी आज कानुन दिवस मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने २६ वैशाख २००९ बाट भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष २६ वैशाखको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ । प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई…

Read More

रसियाले युक्रेनमा हालसम्मकै ‘ठूलो’ ड्रोन हमला गरेको छ। रसियाले गरेको ड्रोन तथा मिसाइल आक्रमणपछि युक्रेनभर हवाई हमलाको ‘साइरन’ बजेको बीबीसीले उल्लेख गरेको छ। युक्रेनको राजधानी कीभमा रातभर विस्फोटको आवाज सुनिएको बताइएको छ। त्यहाँका मेयरका अनुसार ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमणमा पाँच जना घाइते भएका छन्। दक्षिणी ओडेसा क्षेत्रमा आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। युक्रेनको रेड क्रसले आफ्नो गोदाममा आक्रमणका कारण क्षति भएको जनाएको छ। यो कीभमा आठ दिनमा भएको चौथो आक्रमण हो। रसियाले विजय दिवस मनाउन २४ घण्टा अघि आक्रमण गरेको हो। वार्षिक बिदाको रुपमा लिइने विजय दिवस दोस्रो विश्वयुद्धको समयमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको सम्झनामा मनाइने गरिन्छ।…

Read More

काठमाडौं । गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ । त्यसैले मौसमलाई बिर्सनु हुँदैन। यसका लागि घरेलु उपचार उत्तम हुन्छ। आज हामी यस लेखमा तपाईलाई दूधको प्रयोगको बारेमा बताउन गइरहेका छौं, जसले तपाईको अनुहारलाई चम्किलो राख्छ । – यदि तपाईंले आफ्नो अनुहारमा दूध लगाउनुभयो भने, तपाइँ सन टेनिंगबाट छुटकारा पाउनुहुनेछ र घामवाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्यत पुग्नेछ । र, छालाको टोनिंगको लागि पनि दुध उपयुक्त हुन्छ । – नियमित दुधको प्रयोगले मुहारको छालामा देखापरेका काला धब्बा हराउँदै जानेछ । र, साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम…

Read More

काठमाडाैँ । कक्षा १२ को परीक्षा आजदेखि शुरु हुदै छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरेका छन् । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरेका हुन् ।  कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिए…

Read More