Author: आयो रैबार संवाददाता

काठमाडौँ । काठमाडौँ प्रहरी परिसरले २० वैशाखमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिने समयमा टोपबहादुर गृह जिल्ला अर्घाखाँचीमा भाषण गरिरहेका थिए। कायक्रममै रहेको समयमा उनीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि उनीमाथि पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएको सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भएपछि उनले आफैं प्रहरीमा आउने सन्देश दिएका थिए। त्यसपछि कार्यक्रम सकेर रायमाझी संघीय संसदका सभामुख देवराज घिमिरेसँग काठमाडौं आउन अर्घाखाँचीबाट हिँडे। रुपन्देहीसम्म घिमिरेसँगै उनी आए। तर, उनी सभामुख घिमिरेसँग काठमाडौं आएनन्। प्रहरीलाई सहयोग गर्ने बताएका उनले काठमाडौं त आएनन् नै मोबाइल नै अफ गरे फरार भए। मोबाइल अफ गरेर उनी कहाँ गए भन्नेसमेत प्रहरीले पत्तो पाएन। काठमाडौं नआएर…

Read More

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ। दिउँसो देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया…

Read More

डडेल्धुरा । डडेलधुराको पशुराम नगरपालिका–८ गुप्तगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको पखालाले एक व्यक्तिको मृत्यु भएको छ । पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको जोगबुढा अस्पतालले जनाएको छ । उक्त गाउँका थप एक सय ४८ जना पखालाबाट प्रभावित भएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलले १० महिनादेखि ९० वर्ष उमेरसम्मका बासिन्दा यो रोगले प्रभावित भएको जनाएको छ । पशुराम नगरपालिकास्थित जोगबुढा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले गुप्तगडा गाउँका पखालाबाट पीडित आठ बिरामी उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिए । उनले भने, “झाडापखाला देखिएपछि यसको रोकथामका लागि पानी शुद्धिकरण गरेर उपभोग गर्ने व्यवस्था…

Read More

काठमाडौं।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा पक्राउ परेका १२ जनाविरुद्ध थप ४ दिनको म्याद थप भएको छ। सबैलाई आज प्रहरीले म्याद थपका लागि अदालत लगेकोमा जिल्ला अदालत काठमाडौंले म्याद थपिदिएको हो। यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खाणसहित उनका सहयोगी नरेन्द्र केसी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्द चौधरी, सन्दीप रायमाझी, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सानु भण्डारी, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सन्देश शर्मा र सागर राई छन्। यो गिरोहले करिब १ अर्ब रुपैयाँ ठगी गरेको पाइएको…

Read More

काठमाडौँ । पाकिस्तानी पर्वतारोही नैला कैनी आइतवार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने दोस्रो महिला बनेकी छन् । यसअघि सन् २०१३ मा समिना बैगले पहिलोपटक यो उपलब्धि हासिल गरेकी थिइन् । यो सिजन नेपालीबाहेक सगरमाथाको सफल आरोहण गर्ने आफू पहिलो पर्वतारोही बनेको पनि कैनीले दाबी गरेकी छन् । कैनी आइतबार बिहान ८ बजेर २ मिनेट जाँदा शिखरमा पुगेकी थिइन् । बक्सर तथा बैंकरसमेत रहेकी कैनी ८ हजारभन्दा माथिका ५ वटा हिमाल आरोहण गर्ने एक्लो पाकिस्तानी महिला बनेकी छिन् । यी सबै हिमाल उनले २ वर्षभित्र आरोहण गरेकी हुन् । अब उनले ८ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमाल आरोहरण…

Read More

कैलाली । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरुद्ध ‘मेची–महाकाली अभियान’को तयारी पूरा भएको जनाएको छ । जेठ १ (भोलि) देखि १५ गतेसम्म अभियान सञ्चालन हुने र दुई वटा टोली परिचालन हुने राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनाएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव भट्टले जनाएअनुसार अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि देखिएको खतराका विरुद्ध जनजागरण सञ्चालन गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको हो । दुई भागमा एक साथ सुरु हुने अभियानको उद्घाटन जेठ १ गते गरिने उनले जानकारी दिए । जसअनुसार कञ्चनपुरको महेन्द्रनगर र बागलुङ जिल्लामा एक साथ कार्यक्रम उद्घाटन गरिने उनको भनाइ छ । अभियानका क्रममा विभिन्न जिल्लाहरुमा…

Read More

काठमाडौँ।नेपाल सरकार आउँदो मनसुनका समयमा हुनसक्ने विपद्जन्य घटना व्यवस्थापनको पूर्व तयारीमा जुटेको छ । आउँदो मनसुनमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि निश्चित क्षेत्रमा अधिक र निश्चित क्षेत्रमा कम वर्षा हुनसक्ने अवस्थालाई समेत मध्यनजर गरी आवश्यक तयारीमा सरकारले काम थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगतको विपद् र त्यसबाट सिर्जित असरको अवस्था, देशको भौगोलिक अवस्था, जलवायु परिवर्तनको असर, सम्भावित जोखिम क्षेत्र पहिचानको आधारमा सोही अनुसारको विपद् व्यवस्थापनको पूर्व तयारी थालिएको छ । विपद्को पूर्वतयारी, अस्थायी आश्रयस्थल व्यवस्थापन र खाद्यान्नको आवश्यक व्यवस्थापनका पूर्व तयारी पनि सँगसँगै थालिएको छ । विपद्पछिको उद्धार तथा पुनःस्थापनमा सधैँ आलोचना…

Read More

काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनलाई आज आइतबार पुर्जी जारी भएको हो। रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान प्रतीक थापाविरुद्ध पनि सोझिएको थियो। प्रतीक पनि यसमा संलग्न रहेका प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। यही प्रकरणमा आज नै नेपाली कांग्रेसका पूर्वासांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनी फरार छन्। यही प्रकरणमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण प्रहरी हिरासतमा छन् भने पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता पक्राउ पुर्जी जारी भएपछि फरार…

Read More

काठमाडौं। सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र प्रतिपक्षी एमालेबीच संसदीय समितिमा नेतृत्व भागबन्डाबारे सहमति जुटेको छ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको कानेखुसीपछि संसदीय समितिमा भागबन्डाको टुंगो लागेको हो। बैठक चलिरहेका बेला तीन वटै दलका सचेतकलाई समेत बोलाएर तीन नेताबीच संसदीय समितिको टुंगो लगाइएको एमाले नेता सुवास नेम्वाङले बताए। उनले भने, ‘यसअघि भएकै सहमतिअनुसार एमाले सार्वजनिक लेखा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व र अर्को एउटा समिति पाउने सहमति जुटेको छ। बाँकी समिति सत्तापक्षका भागमा परेको छ। यसअघि संवैधानिक परिषद् बैठकमा पनि हामीले सत्तापक्षलाई सजिलो बनाइदिएका थियौं।’ संसद् निर्वाध…

Read More

काठमाडौं।प्रमुख दलका शीर्ष तीन नेता छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली छलफलमा बसेका हुन्। पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ। यो प्रकरण सतहमा आएपछि प्रचण्ड, देउवा र ओलीले तीनपल्ट भेटिसकेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलगायत १२ जना परिसकेका छन्। यी प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन्।

Read More