हेग।जलवायु परिवर्तनका कारण विश्वभर पर्ने नकारात्मक असरबारे चेतना फैलाउँदै आएको जलवायु अभियन्ताको विशाल समूह पक्राउ परेको छ । नेदरल्याण्ड्सको द हेगमा शनिबार भएको प्रदर्शनमा करिब एक हजार छ सय जलवायु अभियन्ता पक्राउ परेका थिए । विलुप्त विद्रोह जलवायु समूहका एक हजार पाँच सय ७९ जनालाई पक्राउ गरिएको डच प्रहरीले जनाएको छ । जीवाश्म इन्धन अनुदानविरुद्ध सहरको बीचमा यातायात अवरुद्ध गरेपछि प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरिएको थियो । तर उनीहरू टसकोमस नभएपछि पक्राउ गरिएको थियो । धेरै डच सेलिब्रेटी प्रदर्शनीमा सामेल भएका र उनीहरू पक्राउ परेका कैरिस भ्यान हौटेन, हिट टिभी शृङ्खला गेम अफ थ्रोन्समा मेलिसान्ड्रेको भूमिकाका लागि परिचित,…
Author: एजेन्सी
थिम्पु।चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न भएको छ । गत बुधबार र बिहीबार भुटानको राजधानी थिम्पुमा चीन–भुटान सीमासम्बन्धी १२ औँ विज्ञ समूह बैठक (इजीएम) भएको हो । बैठकमा चीनको कुन्मिङमा भएको ११औँ बैठकमा भएको सकारात्मक सहमतिको समीक्षा गर्दै दुई देशबीचको सीमा वार्तालाई तीव्रता दिने तीन चरणको मार्गचित्रलाई कार्यान्वयनमा लैजान भएका प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका थिए । मैत्रीपूर्ण वातावरणमा भएको बैठकमा चीन–भुटान सीमासमबन्धी सबै विषयमा गहन छलफल भएको थियो । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिलासम्बन्धी विभागका महानिर्देशक होङ लियाङले गरेका थिए । भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानको अन्तर्राष्ट्रिय सीमा सचिव लेथो तोब्धेन ताङ्बीले गरेका थिए…
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन् । पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेको रुसी समाचार एजेन्सीले आरआईएले जनाएको छ । “यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,” आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ । मेदभदेव प्रायः कडा टिप्पणी गर्छन् । गत महिना उनले युक्रेनी अधिकारीहरूलाई ‘सङ्क्रमण’का रूपमा वर्णन गरेका थिए । साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेका थिए । मस्कोले पनि शब्द दाबी दोहार्याउँदै आएको छ…
इश्लामावााद। अफगान सीमा नजिकै उत्तरी वजिरिस्तानमा बुधबार आत्मघाती बम आक्रमणकारीले प्रहरी चौकीलाई निशाना बनाई आक्रमण गर्दा दुई सैनिक र एक प्रहरी अधिकारीसहित चार जनाको ज्यान गएको छ । डनले जिल्ला प्रशासनलाई उद्धृत गर्दै सो बारे उल्लेख गरेको छ । उत्तरी वजिरिस्तानका डेपुटी कमिश्नर रेहान गुल खट्टाकले आत्मघाती बम आक्रमणकारीले नियमित सुरक्षा जाँच भइरहेका बेला दत्ता खेल सहरको लियाकत चौकीमा आक्रमण भएको बताएका छन् । स्रोतका अनुसार सुरक्षाकर्मीहरूले गोप्य रूपमा आक्रमण गर्दा विद्रोहीहरूको मृत्यु भएको डनले उल्लेख गरेको छ । सेनाको सञ्चार शाखा, आईएसपीआरले जारी गरेको विज्ञप्तिमा घटनाक्रम पुष्टि गरेको हो । कारवाहीका क्रममा सुरक्षा बलहरू बीच तीव्र फायरिङ आदानप्रदान भएको…
फ्रयाङ्कफर्ट। युरोपेली केन्द्रीय बैंक (ईसीबी) का अध्यक्षले युरो क्षेत्रमा बढ्दो मुद्रास्फीतिलाई दुई प्रतिशतको लक्ष्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । ईसीबीको २५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार फ्रयाङ्कफर्टमा आयोजित एक कार्यक्रममा क्रिस्टिन लेगार्डले भनिन्, ‘यो बैङ्कका लागि ‘तात्कालिक प्रमुख प्राथमिकता’ हो ।’ आफ्नो भाषणमा लेगार्डले युरोको प्रशंसा गर्दै यसलाई युरोपको ‘एकीकरणको इन्जिन’ को रूपमा वर्णन गरेकी थिइन् । सन् १९८० को दशकको उत्तरार्धबाट आएको परिवर्तनको ‘तार्किक जवाफ’ एकल मुद्रा भएको बताउँदै उनले युरो क्षेत्र ११ बाट २० सदस्यसम्म विस्तार गरिएको बताए । ‘युरोले युरोपेलीहरूलाई स्थिरता, सार्वभौमिकता र ऐक्यबद्धता प्रदान गरेको छ ।’ ईयूमा कर्जा सङ्कट आउँदा र ब्रेक्जिटको समयमा एकल मुद्राको…
कावुल। अफगानिस्तानमा बाढीका कारण चार जनाको मृत्यु भएको छ । पश्चिमी घोर प्रान्तमा मङ्गलबार आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता मौलावी अब्दुल वाहिद हमासले बताएका छन् । भारी वर्षाले प्रान्तीय राजधानी फिरोज कोह बाहिर मङ्गलबार बिहान अचानक बाढी आयो । मदरसा गाउँमा तीन महिलासहित चार जनाको ज्यान गएको छ र प्रभावित क्षेत्रमा सर्वेक्षण जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि उनले बताए । बाढीले थुप्रै घरहरू पनि बगाएको छ । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा अगिल्लो हप्ता पनि यस्तै बाढीले चार जनाको ज्यान लिएको र २५ जना घाइते बनाएको थियो । युद्धग्रस्त अफगानिस्तानमा विशेष…
हिरोसिमा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेना बखमुतमा रहेको तर नगर अझै पनि रूसको नियन्त्रणमा गइनसकेको बताएका छन् । हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, “आज उनीहरू (रूसी सेना) बखमुतमा छन् । तर बख्मुत अझै रूसको कब्जामा छैन ।” उनले भने, “म हाम्रो सेनाको सामरिक दृष्टिकोण तपाईंलाई बताउन सक्दिनँ । बखमुतमा केही रणनीतिक गल्ती भएको भए र हाम्रा जनता घेरिएको भए सबैभन्दा जटिलता आउने थियो,” युक्रेनले युद्धको सबैभन्दा लामो अन्तरालपछि बखमुत नगरलाई पूर्ण रूपमा कब्जा गरेको भन्ने रूसी दाबीको खण्डन गरेको छ ।
काठमाडौँ ।सुडानमा जारी सुरक्षा अवस्थाका कारण इथियोपिया प्रवेश गर्ने मानिसहरूको आवश्यकतालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए)ले थप रकमको लागि अपिल गरेको छ । युएनओसीएचएले शुक्रबार जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा सुडानबाट करिब ८५ हजार मानिस इथियोपिया प्रवेश गर्ने अनुमान गरिएको र यस्तो अवस्थामा मानवीय आवश्यकता तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ । “हालको आवश्यकता र आगामी हप्ताहरूमा अपेक्षित आगमनको निरन्तर प्रवाह पूरा गर्न थप वित्तीय स्रोतहरू आवश्यक छन्,” विज्ञप्तिमा भनिएको छ । युएनओसीएचएको तथ्याङ्कअनुसार अप्रिल २१ देखि मे १६ को बीचमा इथियोपियाको उत्तरपश्चिमी अम्हारा क्षेत्रको मेटेमा सीमा नाकामा ६४ भन्दा बढी देशका २२ हजार ६०० भन्दा…
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेन सङ्कट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । जापानको हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा मोदीले भने, “म तपाईँको पीडा र युक्रेनी नागरिकको पीडा राम्ररी बुझेको छु । समस्यालाई समाधान गर्न भारत र व्यक्तिगत रूपमा म जे गर्न सक्छौं त्यो गर्नेछौँ ।” १५ महिनाअघि रूसले आक्रमण सुरु गरेयता दुई नेताको पहिलो व्यक्तिगत भेटघाट हो । जेलेन्स्कीको टेलिग्राम अकाउन्टमार्फत् एक पोस्टमा भनिएको छ, “उहाँले हाम्रो देशको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई समर्थन गरेकोमा भारतलाई धन्यवाद दिनुभएको छ ।”…
वासिङ्टन।अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ । रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ । “वासिङ्टनका दुर्भावनापूर्ण हरेक कदमको जवाफ मस्कोले दिनेछ, यो कुरा उसलाई ज्ञात हास्” रुसी विदेश मन्त्रालयले अमेरिकी नागरिकमाथि लगाएको प्रतिबन्धमा भनेको छ ।