Author: आयो रैबार डेस्क

कैलाली।प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतिक्षित पश्चिम सेती आयोजना छिट्टै सम्पन्न हुने बताउका छन् । धनगढीमा बिहीबारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएको बताउँदै अब छिट्टै सम्पन्न हुने बताएका हुन् । सुदूरपश्चिम सम्भावनाले भरिएको क्षेत्र रहेको बताउँदै उनले खप्तड, रामारोशनलगायत पर्यटकीय क्षेत्रको विकासले आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरे । उनले देशको समृद्धिको लागि छिमेकीहरुसँगको सम्बन्धलाई पनि मजबुत बनाउनुपर्ने उनको धारणा थियो । यसैबीच महोत्सव आयोजकले महोत्सव उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाइएको छ । १५ बुँदे मागसहित देउवालाई महोत्सवमै १५ किलोको माला लगाइएको हो ।…

Read More

काठमाडौं । आर्थिक वर्ष २०७८ ७९ मा सवारी दुर्घटनाबाट देशभर २ हजार ८८३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ७ हजार २८२ जना घाइते भएका राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगको आव ७८७९ को वार्षिक प्रतिवेदनअनुसार नेपालमा गत वर्ष २४ हजार ५३८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनाको मुख्य कारण पुराना सवारी साधनको प्रयोग, सवारी साधनको भार बहन क्षमताभन्दा बढी यात्रु आदि रहेका आयोगले उल्लेख गरेको छ । दुर्घटनाका अन्य कारणहरूमा कमजोर र गुणस्तरहीन सडक, बिना मापदण्ड सडक निर्माण, चालकको लापरबाही, जनचेतनाको कमीलगायतले दुर्घटना बढिरहेको प्रतिवेदनमा उल्लेख छ ।

Read More

काठमाडौं। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीमा ‘मुकुण्डो नृत्य प्रस्तुति–२०७९’ भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य विभागको पहलमा आयोजना भएको मुकुण्डो नृत्य प्रस्तुति कार्यक्रममा सभाध्यक्ष प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन तथा प्रमुख आतिथि नृत्य क्षेत्रका हस्ती वरिष्ठ नृत्यकार, नेपाली पहिलो नृत्य निर्देशक तथा नृत्य अनुसन्धनकर्ता भैरवबहादुर थापा थिए । कार्यक्रमा मुकुन्डो नृत्य सम्बन्धी दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । पुरुषोत्तमलोचन श्रेष्ठले ‘नेपाल मण्डलका परम्परित मुकुण्डो नाच : विगत र वर्तमान’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए भने वरिष्ठ संस्कृतिकर्मी गणेशराम लाछीले ‘नेपालको अमूर्त सम्पदा मुकुण्डो नृत्य आजको अवस्था’ शीर्षकमा तयार पार्न भएको आलेख…

Read More

काठमाडौं । ज्यान सुरक्षा गरी पाऊँ भन्दै अधिकारकर्मी जस्मिन ओझाले राष्ट्रिय महिला आयोगमा निवेदन दिएकी छन् । हिंसापीडित विनु यादवको पक्षमा वकालत गरेको भन्दै पीडक पक्षले निरन्तर ज्यान धम्की दिएपछि ओझाले आयोगमा मंगलबार निवेदन दिएकी हुन् । उनले आफूले विभिन्न हिंसापीडितहरूलाई सहयोग गर्दै आएको तर पीडक पक्षले डर धम्की दिँदै आएको उनले निवेदनमा उल्लेख गरेकी छन् ।आफूलाई सुनसान गल्लीमा ढुंगा हानी शारीरिक हमला भएकाले जीउज्यानको रक्षा गरिपाऊँ भन्दै निवेदन दिएको ओझाले जनाएकी छन् । बलात्कार पीडित युवती, किशोरी तथा महिला हिंसामा परेकाको पक्षमा ओझाले न्यायका लागि आवाज उठाएकी छन् । उनले आफूले घर बाहिर हिँड्नसमेत असुरक्षित महसुस गरेको निवेदनमा उल्लेख गरेकी…

Read More

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए । ‘सबै निर्वाचन सकिए, अब हामी पनि नियमित हुननसकेको स्ववियु निर्वाचनको तयारीमा लाग्छौँ’, उनले भने, ‘सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेर फागुनमा निर्वाचन गर्ने तयारीमा हामी जुट्छौँ ।’ त्रिवि क्याम्पसमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन…

Read More

काठमाडौं । बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ पाँचजना महिला सांसद निर्वाचित भएका छन् । कूल ६६ सिट रहेको यस प्रदेशमा ६१ सिटमा भने पुरुष सांसदकै वर्चश्व छ । बागमती प्रदेशमा १५ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेसबाट २ जना महिला निर्वाचित भएका छन् । काठमाडौंबाट हरिप्रभा खड्गी र सिन्धुपाल्चोकबाट मसिना खड्का निर्वाचित भएका हुन् । १४ सिटसहित दोस्रो बनेको नेकपा माओवादी केन्द्रबाट पनि दुईजना महिला सांसद निर्वाचित भएका छन् । माओवादीबाट विजयी हुनेहरूमा राधिका तामाङ नुवाकोट र कुमारी मुक्तान मकवानपुर रहेका छन् । बागमतीमा १३ सिट जितेको नेकपा एमालेबाट महिला सहभागीता शून्य छ । ५ सिट जितेको नेकपा एकीकृत समाजवादीबाट एक जना…

Read More

काठमाडाैं।सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार भएको हो । तथ्यांकअनुसार आर्थिक वर्ष २०७६-७७ मा ८७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । २०७७-७८ मा १०३ जना र आव २०७८-७९ को जेठ मसान्तसम्म १६० जनाको उद्धार गरेको हो । आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिसकेको छ । बुधबार आयोगले वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ ।

Read More

सुर्खेत । कर्णाली प्रदेशमा एकमात्र समानुपातिक सीट पाएको राप्रपाबाट प्रदेशसभा सदस्यमा खस आर्य महिला पठाउनुपर्ने भएको छ । राप्रपाबाट कर्णालीको एकमात्र सीटमा खस आर्य महिलाको बन्दसूचीको पहिलो नम्बरमा रहेकी सन्तोषी शाही प्रदेशसभा सदस्य निर्वाचित हुने निश्चित भएको हो । उनी राप्रपा केन्द्रीय सदस्यसमेत हुन् । नेकपा एसले पनि एकमात्र समानुपातिक कोटा पाएकोमा कल्याणी खड्काको नाम निश्चित भएको छ । राप्रपाले यसअघि पनि कर्णालीमा समानुपातिकतर्फ एक सीट पाएको थियो । त्यसबेला सोशीला शाही सांसद बनेकी थिइन् ।

Read More

काठमाडौँ ।उपराष्ट्रपति नन्दबहादुर पुनले किराँत समुदायको महान् चाड उधौली र नेवारी समुदायको यःमरि पुन्हिका अवसरमा देश तथा विदेशमा रहेका सबैलाई सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। उनले आज जारी गरेको शुभकामना सन्देशमा किराँत समुदायको महान् चाड उधौली र नेवार समुदायको महत्वपूर्ण चाड यःमरि पुन्हि पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका हुन्। शुभकामना सन्देशमा भनिएको छ,’उधौली र यःमरि पुन्हिले किराँत र नेवार लगायतका समुदायमा उत्साह र उमङ्ग थप्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धनमा योगदान पुर्‍याओस्, सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ् बनाउँदै समृद्धिको मार्गमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गरोस्, उधौली…

Read More

जुम्ला।वर्षौंदेखि मनभित्रै उज्यालो सपना गुम्साएर राखेका जुम्ला तिला गाउँपालिका – ७ का मुनबहादुर रोकाया सौर्य ऊर्जाले गाउँ नै झिलीमिली बनेपछि दङ्ग​ छन् । कहिल्यै पनि बिजुली सपना पूरा नहुने पीडा साँचेर बसेका रोकाया अहिले रातदिन सौर्य ऊर्जाको बिजुली बाल्छन् । ‘सल्लाको दियालोको भरमा अन्धकार रात काटिन्थ्यो । उज्यालो भनेकै दियालो सम्झेका थियौं । तर सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि वर्षौं देखिएको बिजुली बाल्ने धोको पूरा भएको छ, उनले भने-‘यो गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ । ‘ धनबहादुरले भने पोखरी गाउँकै धनबहादुर रोकायाले सौर्य ऊर्जाले ऊर्जा दिएको बताए । उनले भने ‘गाउँ त २४ सैं…

Read More