Author: आयो रैबार संवाददाता

काठमाडौँ । संविधानले परिकल्पना गरेको समाजवादमा पुग्नका लागि गुणस्तरीय, पहुँचयोग्य र समावेशिता चरित्रसहितको शिक्षा प्रणालीको विकास गरिनुपर्नेमा सांसदहरुले जोड दिएकाछन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ माथिको छलफलका क्रममा सांसदहरुले शिक्षालाई सर्वसुलभ र सबैको पहुँचमा पुग्ने बनाउनुपर्ने बताएकाछन् । उनीहरूले आन्दोलनरत शिक्षकसँग भएका सहमतिको अक्षरशः कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण समेत गराएकाछन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफलमा सहभागी हुँदै माओवादी केन्द्रकी सांसद नारायणी शर्माले आन्दोलित शिक्षकसँग भएका सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्ने बताएकी छन् । उनले देशको उन्नति, प्रगति र समृद्धिका लागि सही शिक्षा प्रणालीलाई अघि बढाउन आवश्यक रहेको बताइन् । सांसद शर्माले भनिन्–‘आन्दोलन गरेर…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौँ विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन् । महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न मान्छेहरुलाई आममाफी दिएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराए । शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले आन्दोलनरत शिक्षकहरुको सबै मागलाई पूरा हुने गरी सो विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब दिए । उनले सरकारले संसदमा पेश गरेको सो विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताए । महामन्त्री शर्माले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औँल्याए…

Read More

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले देशभक्त नागरिक र जनशक्ति उत्पादन गर्ने शिक्षा नीति बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभामा जारी विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा भाग लिँदै शुक्रबार पुनले वैज्ञानिक, प्राविधिक र देशभक्त नागरिक उत्पादन गर्ने खालको शिक्षा नीति बनाउन संविधानले निर्दिष्ट गरेको उल्लेख गरे । संविधान निर्माण भएको ८ वर्षपछि ढिलै भए पनि सरकारले विद्यालय शिक्षा विधेयक संसदमा ल्याएकामा धन्यवाद दिनुपर्ने भन्दै पुनले कतिपय त्रुटीलाई छलफल र संशोधनमार्फत सच्याएर परिस्कृत कानून निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । ‘सरकारले ढिलो भए पनि विद्यालय शिक्षा विधेयक संसदमा ल्याएकोमा धन्यवाद दिन चाहन्छु’, पुनले भने, ‘संविधाको मुल सैद्धान्तिक मर्म भनेको…

Read More

काठमाडौं । ‘गाउँ गाउँमा सिंहदरबार र दैलोमा स्थानीय सरकार’ को नारा लगाए पनि दुर्गम हिमाली क्षेत्रका स्थानीयहरु न्यूनतम आधारभूत सेवाको अभावमा बसाईं सर्न बाध्य भएका छन् । जलवायु परिवर्तजन्य समस्या र त्यस्ता समस्या खेप्न बाध्य नागरिकलाई सरकारले विशेष सहुलियत प्रदान गर्न नसक्दा अहिले हिमाली क्षेत्रका बस्तीहरु रित्तिन थालेका हुन् । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको लिमी उपत्यकाको जाङ अहिले रित्तो भएको छ । २०५५ सालमा ६५ घरधुरी रहेको जाङका स्थानीयहरु बसाईं सरेर अन्यत्र गएका हुन् । अहिले गाउँमा ३ परिवारको मात्रै बसाईं छ । उनीहरु पनि बसाईं सराईका लागि तयारी अवस्थामा छन् । बाटो माथि र बाटो तल दन्तलहर जसरी…

Read More

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देशलाई ठिक ठाउँमा लैजाने हो भने शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताएकाछन्। २०८० असोज १९ गते शुक्रबार प्रतिनिधिसभाको बैठकमा शिक्षा विधेयक–२०८० बारे धारणा राख्दै के.सी.ले यस्तो अभिव्यक्ति दिएकाहुन् । ‘मुलुकको यो दुर्दशा हुनुका पछाडि मुलुकको शिक्षाप्रणालीमा भएको खराबी हो’ उनले भने– ‘यदि हामी देशलाई ठिक ठाउँमा लैजान चाहान्छौँ भने शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्दछ ।’ शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा राज्यले नलिने देशको विकास नभएको प्रसङ्ग जोड्दै अध्यक्ष केसीले नेपालमा शिक्षाको निजीकरण र व्यापारीकरण भएकाले देशको अवस्था गम्भीर भएको बताए । उनले राज्यले नै शिक्षाको निजीकरण र व्यापारीकरणतर्फ जोड दिएको प्रमाण पेस गर्दै…

Read More

मुगु। मुगुमा वर्षातको असिनाका कारण यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको यहाँको किसानको भनाइ छ । उत्पादनका कमी आएकाले किसानले स्याउको उचित भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरु नेपालगञ्जमै थन्किएका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका विष्णुमाया रोकाया स्याउ खेती गर्दै आएको एक दशक नाघिसक्यो । एक हजार पाँच सयभन्दा बढी स्याउका बिरुवा रहेका रोकायाको यस वर्ष असिना पानीले स्याउ उत्पादनमा कमी आउँदा निराश बनेका छन् । मुगुवासीको आम्दानीको प्रमुख स्रोतमध्येको एक बन्दै आएको स्याउ खेती गत वर्षभन्दा…

Read More

-सिबी अधिकारीकाठमाडौँ । बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित रहेका छन् । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश छन् । नजिकिएको दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र १ तर, दसैँको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ । केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ । अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ । चाडपर्वमा यात्रुले महङ्गो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ । गत वर्षको दसैँमा रु १७ हजार छ सय हवाई भाडा तिरेर काठमाडौँदेखि धनगढी हुँदै बझाङ…

Read More

काठमाडौँ। विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले आगामी असोज २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेल असोज २५ नेपाल र लाओसबीच दशरथ रंगशालामा हुने जानकारी दिएको हो । फिफा वरियतामा लाओस १८६ औं स्थानमा रहेको छ भने नेपाल १७५ औं स्थानमा रहेको छ । खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । खेलका लागि लाओसको टोली असोज २२ गते नेपाल आउने र प्रशिक्षणका लागि च्यासल रंगशालामा आवश्यक व्यवस्था…

Read More

दुबई। हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन् । बिहीबार दुबईबाट नेपाल फर्किन विमानस्थल पुगेका उनीहरु अलपत्र परेका हुन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउन लागेका यात्रुहरु अलपत्र परेको २४ घण्टा पुग्न लागेको पीडित यात्रु सुवास न्यौपानेले जानकारी दिए । उनका अनुसार विमानस्थलको फ्लाइट इन्फर्मेशन डिस्प्ले सिस्टममा पटक–पटक जहाज डिले भएको जानकारीपछि यात्रुहरु एयरलाइन्सको सेवाप्रति आक्रोशित बनेका छन् । उडान नम्बर एच नाइन ५६८ को जहाजको उडान तालिका पाँचपटक परिवर्तन भइसकेको उनले बताए । यात्रुलाई समस्या समाधान गर्नुपर्ने दुबईमा रहेका हिमालय एयरलाइन्सका कन्ट्री म्यानेजर विमानस्थल भित्रै लुकेर बसेको यात्रुहरुको गुनासो छ । काउन्टरमा एयरलाइन्सका कोही…

Read More

काठमाडाैं।नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद शर्माले शिक्षक महासङ्घ र राहत शिक्षकको भावनालाई सम्बोधन हुने गरी विधेयक पुनर्लेखन गर्नुपर्ने बताए। ‘राजनीति गर्नेहरुले ऐन बनाउँदैछाैँ र शिक्षकका लागि बनाउँदैछाैँ। यी दुवै क्षेत्रमा युवाहरुको आकर्षण घटिरहेको छ। सत्ता र सत्तापक्षले एक ठाउँमा उभिएर गम्भीरतापूर्वक यो विधेयकलाई पुनर्निर्माण गरी अहिलेको समय, समाज र युगलाई सम्बोधन गर्न सक्नुपर्छ’ उनले भने, ‘५० वर्षपछि आएको यो विधेयकले अबको कम्तीमा २० वर्षका लागि उज्यालो प्रकाश…

Read More