नेपाल कृषिप्रधान देश भएपनी कृषि क्षेत्रमा केही ठुलोनै उप्लब्धी हात परेको छैन ।तर आज हामि संग कोरोना महामारीले भने कृषि क्षेत्रलाई अगाडि बढाउन राम्रो अवसर जुटाइदिएको छ। अब गाउँघरको बाँझो जमिनलाइ उर्वर भुमि बनाइ खेती गर्ने समय आइसकेको छ । त्यतिमात्र नभई विभिन्न किसिमका खाधान्न , फलफूल लगाएर देशको अर्थतन्त्रमा समेत टेवा पुर्याउन जरुरी छ ।

कृषिप्रधान देश जहाँ अधिकांश जनता कृषिमा निर्भर छन तर त्यही देशमा आज हरेक बस्तु भारतबाट आयात गर्नुपरेको अवस्थामा के साच्चिकै देशले कृषिको क्षेत्रमा काँचुली फेर्न सक्छ त ? आज हामी आधुनिकता तर्फ एति ढल्यौँ कि हाम्ले हाम्रो वास्तविक परिचय नै गुमाउन पुग्यौं । के आजको समयमा देखिने बाली रोगहरुले पहिले पनि एति क्षती गरेका थिए र आजभन्दा केही वर्ष अगाडि दक्षिण कोरियाले नेपालबाट गँंहु लगेर आफ्ना जनतालाई खुवाएको इतिहास जिवन्तै छ तर बिडम्बना आज हामी त्यही देशलाई किन हाम्रो दक्ष जनशक्ति बेचिरहेका छौँ रु के यी समस्याले मात्र कृषि क्षेत्र अगाडि बढ्न नसकेको हो त ?
यी अथाह प्रश्नको जवाफ भने एउटै छ , देशले हजारौं कृषि विज्ञ त पायो तर कृषि विज्ञ किसान पाएन ।
कृषि विज्ञ भनाउँदाहरु आज गाउँघरको खेतीयोग्य कैयौं रोपनी जग्गा छाडेर प्लटिङ गरेका घडेरी किनेर दुई चार हातको जग्गामा दुईचारवटा खुर्सानी र काक्रोको भरमा आधुनिक खेतिको प्रवचन दिन पछि हट्दैनन। अनि कसरी हुन्छ त देशमा वास्तविक कृषि क्रान्ति !
कोरोना महामारीले स्पष्ट रुपमा देखाएको छ कि मान्छे रोगीले भन्दा भोकले चाडैं मर्छ । यस महामारीले मात्र त्रास ल्याएन संग संगै यसले बेरोजगारी, गरीबि, ल्याएको छ । यस महामारीमा कतिपय देशका अधिकाम्स उद्योग, कलकारखाना समेत ठप्प रहेका छन् यसले बेदीशीएका नेपालीको रोजगारी खोसीएको छ । यही बैदेशीक रोजगारी लाई आधार बनाई आफु समेत र नेपालमा रहेका परीवारको जीविको पार्जन गरेको हरेक नेपालीको उदारण नै छ । ति बिदेशमा रोजगार गुमाएका नेपाली दाजु भाई तथा दिदि बहिनिको लागि अहिले आफ्नो साथै घरपरीवारको साधारण जीविको पार्जन गर्न पनि मुस्किल भएको छ । साथै विदेशिएका नेपालीहरु यस महामारीमा रोजगार गुमाइसकेपछि आफ्नो मात्रीभुमि कहिले आउन पाइन्छ भनि बाटो समेत कुरीरहेका छन ् । नेपालकै कुरा गर्ने हो भने पनि यस महामारीको कारणले अधिकाम्स उद्योग, कलकारखाना, होटल व्यवसाय, टुरीजम ब्यवसाय अधिकतम बन्द रहेको अवश्था छ जसका कारण कतिले रोजगारी गुमाउनु परेको छ त कतिले आफ्नो व्यवसाय बन्द नै गर्ने मनसाय बनाएका छन् ।
अबको नेपालको बाटो भनेको नै कृषि क्षेत्रको विकास देखिन्छ । नेपालको अर्थतन्त्रको अर्बै रुपैया कृषि क्षेत्रको आयात बाट बाहिर गएको हाम्रो तथ्याड्डले नै देखाउछ । कमसेकम यस क्षेत्रको आधुनिकिकरण गरी कृषि क्षेत्रको विकास गरीयो भने वर्षेनि कृषि क्षेत्रको आयातमा बाहिर गएको अर्बै रुपैया नेपालमै रहने छ भने हामी कृषि क्षेत्रमा आत्म निर्भर बन्नुका साथै अर्थतन्त्रको विकास हुने देखिन्छ । यस महामारीले हामीलाई दिएको चुनैती अथवा राम्रो अवसर हो । त्यसैले अव संघीय सरकार, प्रदेश सरकार, र स्थानीय सरकारले कृषि क्षेत्रको अधिकतम विकासमा ध्यान दिन जरुरी देखिन्छ । जस्तै कृषि अनुदानको समुचित वितरण, किसानलाई नै विज्ञ बनाउने तिर ध्यान दिनु, आधुनिक कृषि प्रविधिको पहुँच हुनु आवश्यक छ , बजार व्यबस्थित बनाईदिने तिर लाग्नु, कृषकलाई तालिम प्रदान गर्नु, समानता मुलक अनुदान उपलब्ध गराउनु, जस्ता अरु थुप्रै कार्य गर्नु पर्ने देखिएको छ । अहिले यस बन्दाबन्दीको अवश्थामा अधिकाम्स मानिसहरु कृषिमा भुलिरका छन, आफ्नो घरको छत लाई त थोरै देखेको जमिनलाई मानिसहरुले करेसाबारी बनाईरहेका छन् अझ यस बन्दाबन्दीले आधिकाम्स सहरबाट गाँउ गएका त गाउमै कुषिमै रमाइरहेका छन् । यस बन्दाबन्दीले गाँउ तिर नरोपिएका खेत रोपिदै छन त बाजो बारी खनिदै छ । करेसाबारीमा तरकारी फलिरहेको देखिन्छ । गाँउ घर तिर अझ तरकारी किनेर खानेले त अहिले बन्दाबन्दीमा कृषि तिर थोरै ध्यान दिदा किन्नु त कँहा थोरै धेरै बेचेर आम्दानी गरेको समेत देख्न सुन्न सकिन्छ । यस बन्दाबन्दीमा मानिसहरु कृषि क्षेत्रमा रमाइरेका देखिन्छन् र आफ्नो समय कृषि क्षेत्रमा दिएको देखिन्छ । त्यसैलेपनि अहिले सरकारले थैरै ध्यान दिने हो भने पनि कृषि क्षेत्रको छोटो समयमा विकास हुने देखिन्छ । नेपाल जस्तो अल्पविकसीत देसको मुख्य आर्थिक श्रोत भनेको नै रेमिट्यान्स, राजश्व, टुरीजम व्यवसाय रहेका छ । जब हाम्रो बिदेशीएका नेपाली बेरोजगार भईसके र घर आउने बाटो कुरीरहेका छन् तिनिहरुबाट तिनिहरुबाट देशले के आस गर्नु बरु नेपाल आई सके पछि ति नेपाली लाई कसरी ब्यवस्थापन गर्ने र कृषिमा कसरी उत्प्रेरीत गर्ने भनेर सोच्नु पर्ने देखिन्छ । अनि आयात निर्यात गर्दा समेत कोविड १९ फौलने डरले राम्रो रुपमा आयात निर्यात समेत हुन सकेको छैन् अझ टुरीजमको त कुरै नगरम राट्रिय तथा अन्तराट्रिय उडान समेत बन्द छन र कहिले सम्म बन्ध रहने हो भन्ने निश्चित समेत छैन् ।
सरकारले अहिले विदेशबाट आफ्नो रोजगारी गुमाएर आएका नेपालीमाथि अध्यनन् गरी कृषि लगानि गर्न सक्छ अनुदान उपलब्ध गराउन सक्छ , विभिन्न कृषि तालिम गराउने यसो गर्दा विशेबाट फर्किएका हाम्रो दाजु भाई सम्पुर्ण नेपाली कृषिमा मोह बढ्यो भने आत्मनिर्भर पनि हुने, रोजगारी पनि हुने, आम्दानी पनि हुने हो भने बर्षेनि कृषि क्षेत्रको आयातमा बाहिर जाने रकम पनि नेपालमै हुने हुँदा यसले देशको अर्थतन्त्रमा अहिले टेवा पुर्याउन सक्छ ।
बाँच्नको लागि कृषि नै एकमात्र उपाय हो त्यसैले अब हामी कृषि क्रान्ति तिर लाग्नु अहिलेको आवश्यकता देखिएको छ । अब कृषि क्रान्ति बाट नै समृद्ध नेपाल खुसी नेपाली को परिकल्पना पुरा हुने देखिन्छ । त्यसैले हामी आफै पनि सोच्नु पर्ने बेला आएको छ बेलामा नै सबैको कृषि क्षेत्रको विकासमा ध्यान जानु आवश्यक छ ।(लेखक ब्राइर्ट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस मा अध्ययनरत विद्यार्थी हुन्)