• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » ‘बुबा र पार्टीको विरुद्ध भाइलाई उपयोग गरियो’
अन्तर्वार्ता

‘बुबा र पार्टीको विरुद्ध भाइलाई उपयोग गरियो’

By २७ कार्तिक २०७७, बिहीबार ०८:५७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

अहिले केसीजीको अवस्था कस्तो छ ?
बुवा अहिले गम्भीर अवस्थामा उपचार गराइ रहनुभएको छ । यद्यपी डाक्टरहरुले खतरामुक्त भनेका छन् । तर, अवस्था सोचेजस्तो सहज पनि छैन । ८२ वर्षको वृद्ध शरीर, लामो समयदेखि पेटको रोगी, डायरिया, निमोनियासँगै कोरोना पोजेटिभ हुनु सामान्य कुरा होइन । एक त हामीले समयमै कोरोना संक्रमण भएको थाह पाउन सकेनौं । अब अस्पतालमा कोरोनासँगै अन्य रोगको पनि उपचार भइरहेको छ । कोरोना संक्रमित भएका कारण हामी नजिक जान र स्याहार सुसार गर्न पनि पाएका छैनौं । डाक्टरहरुले औषधि चलाइरहेका छन् । खतरामुक्त भनेका छन् । तैपनि अवस्था अलि जटिल नै भएजस्तो लाग्छ ।

उपचारमा संलग्न चिकित्सकको भनाई के छ नि ?
चिकित्सकहरुका अनुसार उहाँलाई आज (बिहीबार) बिहान कोरोनाविरुद्धको रेम्डेसिभिर नामक औषधि दिइएको छ । राति निमोनियाको औषधि दिएको थियो । बुवासँग कुरा गर्दा मुख सुकेको र अलि अप्ठेरो भएको बताउनु भएको थियो । यद्यपी चिकित्सकले अवस्था खतरामुक्त नै रहेको र अवस्था सुधार हुँदै गएको बताएका छन् ।

बिरामी हुनुभएको कति भयो ?
बुवाको पेटसम्बन्धी समस्या पहिल्यैदेखि थियो तर खासै असहज भएको थिएन । हामी असोज २२ गते भैरहवा गएका थियौं । एक हप्तासम्म बिहान मर्निङ वाकमा निस्किएका थियौं । त्यतिबेला सम्म ठिकै थियो । एक हप्तापछि बुवाले शरीर गल्यो म त सक्दिन क्याहो भन्नुभयो । अनि ज्वरो र रुघाखोकी पनि लाग्यो । भैरहवामै एउटा मेडिकलमा उपचार गरियो । सिजनको ज्वरो ठिक भइहाल्छ भन्ने लाग्यो । तर ठिक भएन छाति दुख्न थाल्यो भन्नुभयो । त्यसपछि बुटवल लग्यौं र थप उपचार गर्यौं । तैपनि ठिक भएन । कोरोना पनि परीक्षण गरिएको थियो । निगेटिभ देखायो । त्यस अघि काठमाडौंबाट जाँदापनि कोरोना परीक्षण निगेटिभ नै आएको थियो । त्यसैले कोरोना संक्रमण छैन भन्नेमै हामी ढुक्क थियौं ।

तर, बुवाले खाना खान छोडेको करिब १५ दिन भइसकेको थियो । काठमाडौं आउनु अघिल्लो दिनदेखि त पानी पनि खान मन गर्नुभएन । त्यसैले तत्काल निर्णय गरेर मंगलबार (कात्तिक २५) गते काठमाडौं ल्यायौं । यहाँ भर्ना गर्नासाथ निमोनिया देखियो । हिजो (बुधबार) कोरोना रिपोर्ट पोजिटिभ आयो ।

पार्टीले उपचारका लागि सहयोग आह्वान गरेको छ, यसप्रति परिवारको धारणा के हो ?
हाम्रो बुवा परिवारको मात्रै अभिभावक होइन, उहाँ पार्टी र देशकै अभिभावक हो । त्यसकारण पार्टीले उपचारका लागि सहयोग आह्वान गर्नु सकारात्मक हो ।
फेरि हाम्रो आर्थिक अवस्था पनि सबल छैन, यो कुरा त सबैलाई थाहै छ । बुवा सधैँ भ्रष्टाचारका विरुद्ध संघर्ष गरिरहनुभयो । राजनीतिमा लागेर कहिल्यै धन सम्पत्ति कमाउनुपर्छ भन्ने सोच राख्नुभएन ।

यहाँ अस्पतालमा भर्ना गर्नासाथ तीन लाख रुपैयाँ धरौटी राख्नुपर्यो । अब कोरोना पनि देखिएपछि उपचार खर्च कति लाग्छ थाह छैन । उपचार पनि लामो समयसम्म चल्छ होला । परिवारलाई सहयोग गर्ने कान्छो भाइ (बिष्णु केसी) आफैँ बिरामी छ । औषधि खाइरहनुपरेको छ ।

परिवारको आर्थिक अवस्था कमजोर भएका कारणमात्रै नभएर उहाँ पार्टीकै अभिभावक भएका कारण पनि पार्टीको योजना र सल्लाहलाई नै हामीले परिवारको योजना मानेका छौं ।

तपाईंकै भाइ (सचित्र केसी) ले त बुवाको अवस्था सामान्य छ, यो जनमोर्चाको पैसा उठाउने मेलो हो भनेछन् नि त ?
उसले किन त्यस्तो लेख्यो मत अचम्ममा परेको छु । बुवाको अवस्था यस्तो छ । उसलाई घर परिवारको कुनै वास्ता छैन । घरमा पैसा पठाउने त परको कुरा दुई वर्षदेखि खासै सम्पर्क पनि गरेको छैन । त्यसलाई बुवा र पार्टी विरुद्ध कसैले उपयोग गरेजस्तो लाग्छ । त्यसको फेसबुक स्ट्याटसले कतिपयलाई भ्रम पनि परेको होला । तर ज जसले सचित्रलाई चिनेका छन्, त्यसप्रति कसैले वास्ता गरेको छैन र गर्नुपनि हुँदैन ।

फेसबुकमा अनर्गल लेखेर फोन स्विच अफ गरेर बसेको छ । बुवाको अवस्थासँगै भाइको व्यवहारले हामीलाई थप तनाव दिएको छ ।
त्यसले छरेको भ्रममा नपर्न म सबैसँग आग्रह गर्दछु ।

सचित्रलाई कसले र किन उपयोग गरेजस्तो लाग्छ ?
बुबाले राष्ट्रियता र जनतन्त्रका लागि लिनुभएको अडान, भ्रष्टाचारविरुद्ध जीवनभर गरेको संघर्षबाट कैयौं मानिसहरु अत्तालिएका छन् । उनीहरुले चित्रबहादुर केसीको राजनीति सखाप पार्न पहिल्यैदेखि लागिपरेका हुन् । उहाँविरुद्ध दुष्मनहरुले आक्रमण गर्नु त स्वभाविकै हो । तर भाइलाई नै उपयोग गरियो जस्तो लाग्छ । उ त्यसरी उपयोग हुनुहुन्थेन । त्यसलाई कसले उपयोग गरेको होला भन्ने कुरामा हामी पनि छक्क परेका छौं ।

बिरामी जस्तो संवेदनशील अवस्थामासमेत कतिपय मानिसहरुले राजनीति गरेका छन् । सचित्रलाई नचिन्नेहरुले त उसको स्ट्याटस सेयर गरेर के हो ? भनिरहेका छन्, त्यो स्वभाविकै हो । तर जस जसले उसलाई चिनेका छन्, उसको व्यवहार थाह छ तिनिहरुले समेत उछालिरहेका देख्दा दुःख लागेको छ । युगदर्शन

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

१४ मंसिर २०८०, बिहीबार १७:१२

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

१४ मंसिर २०८०, बिहीबार १७:०९

भूकम्पपीडितलाई निर्वाचन आयोगका पदाधिकारीले सहयोग गर्ने

१४ मंसिर २०८०, बिहीबार ०८:०३

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति