Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
अन्तर्वार्ता

मसँग बहुमत छ, अविश्वासको प्रस्ताव सामना गर्न तयार छुः मुख्यमन्त्री राई

By आयो रैबार संवाददाता१३ पुष २०७७, सोमबार ११:२२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नेकपाको विभाजनको बाछिटा प्रदेशसम्म पुगेको छ । त्यही बाछिटाका कारण नेकपा ओली समूहमा खुलेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले आज अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।  प्रस्तुत छ, यसै विषयमा केन्द्रित भई  मुख्यमन्त्री शेरधन राईसँग गरिएकाे कुराकानीको सम्पादित अंशः 

प्रदेश १ मा एक्कासि अविश्वासको प्रस्ताव आयो, किन ? 

३७ जना संसद्‌को सानो जत्थाले अविश्वासको प्रस्ताव प्रदेश संसद्‌मा पेस गरेका छन् । यो नियोजित हो । अविश्वासको प्रस्ताव कुनै समूहले प्रदेशमा राजनीतिक अस्थिरता ल्याउनका लागि ल्याएको योजना नै हो ।

मसँग सरकार टिकाउन र अविश्वासको प्रस्ताव सामना गर्नका लागि ४७ जना सांसद छन् । प्रदेश १ मा अविश्वासको प्रस्ताव पेस गर्दैमा केही असर पर्दैन । 

आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोलाई कारबाही गरेपछि अविश्वासको प्रस्ताव आयो । अब कसरी सामना गर्नुहुन्छ ? 

प्रदेश मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्तावका लागि लबिङ गर्न थालेपछि आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोलाई कारबाही गरेको हुँ । कसैको आदेशमा उनलाई कारबाही गरेको होइन । प्रदेश सरकारमा अस्थिरता ल्याउन खोजेपछि उनी कारबाहीमा परे । 

उनलाई गत साता नै कारबाही गर्ने तयारीमा थिएँ । तर, प्रदेशमा राजनीतिक अस्थिरता नहोस् भनेर कारबाही गरेको थिइनँ । मन्त्री आङ्बो मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्न जोडतोडले लागेपछि कारबाही गरेकाे हुँ । कारबाहीपछाडि जस्तोसुकै परिस्थिति आए पनि सामना ग तयार छु । 

तपाईं त अल्पमतमा हुनुहुन्छ । के आधारमा ४७ जना सांसदले साथ दिन्छन् भन्दै हुनुहुन्छ ? 

प्रदेश सरकार समूह र व्यक्तिगत होइन । यो प्रदेशमा बहुमतप्राप्त व्यावहारिक मुख्यमन्त्री आवश्यक छ । प्रदेश सांसदसँग जनताले त्यही अपेक्षा गरेका छन् । म कसरी अल्पमतमा छु ? म त मुख्यमन्त्रीको निर्वाचनबाट छानिएको हुँ ।

एउटा समूहले विगतदेखि नै शेरधन राई अल्मतमा छ भनेर हटाउन राजनीतिक खेल खेल्दै आएकाे थियाे । त्यही समूह प्रदेशमा राजनीतिक अस्थिरता ल्याउन लागेको प्रष्ट देखियो । त्यो समूहले नै अविश्वासको प्रस्ताव ल्याएको हो । 

सरकार टिक्छ भन्नेमा कत्तिकाे विश्वस्त हुनुहुन्छ ?

म पूर्णतः विश्वस्त छु । प्रदेश १ का सांसद राजनीतिभन्दा विकासका लागि धेरै चिन्तित हुनुहुन्छ । प्रदेशमा विकासका धेरै काम भएका छन् । त्यही भएर म ढुक्क छु । प्रदेश १ का सांसदले अविश्वासको प्रस्तावलाई अस्वीकार गर्नुहुन्छ । अहिले अविश्वासको प्रस्ताव पेस गर्ने त समूह हो ।

उनीहरूसँग के आधार छ त मुख्यमन्त्री हटाउने ? म पनि नेकपाकाे राजनीतिमा लामो समय बिताएर आएको हुँ । साथीहरूले त टिके मुख्यमन्त्री पो सम्झिएछन् ।   

केन्द्रीय राजनीतिको आगो प्रदेश सरकारमा बल्न थालेकाे हाे ? 

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार जनमतप्राप्त हो । यो सरकारले घेराबन्दीमा बसेर बन्द कोठामा काम गर्न चाहेन । जनमतमाथि खेलवाड हुन थालेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुभयो । यसमा जनताको साथ छ । त्यही भएर निर्वाचनको मितिसमेत घोषणा भएको हो ।

अहिले भइरहेको आन्दोलनमा जनताका कि समूहका कार्यकर्ता निस्किएका छन् ? तपाईं आन्दोलनकाे स्वरूप हेरेर मूल्यांकन गर्नुहोला ? अहिले व्याक्तिका लागि आन्दोलन भइरहेको छ । प्रचण्ड–नेपालका लागि किन आन्दोलन भइरहेको छ, मैले बुझ्न सकेको छैन ।  

अब के हुन्छ त मुख्यमन्त्रीज्यू ?  

अविश्वासको प्रस्तावबारे सांसदहरूले छिट्टै के निर्णय लिनुहुन्छ, त्यसपछि मैले पनि प्रतिक्रिया दिन्छु । अविश्वासको प्रस्तावका विषयमा पार्टी पङ्क्तिसँग पनि सल्लाह भइरहेको छ । यो राजनीति र पार्टीसँग जोडिएको विषय हो । त्यही भएर उहाँहरूले जे गर्नुहुन्छ, त्यो रमिता हेरेर बस्ने कुरा त भएन । जस्तो शक्ति देखाउन खोज्नुहुन्छ, त्यो शक्तिसँग लड्नका लागि एक किसिमको तयारीसमेत गरिरहेको छु ।

मुख्यमन्त्री शेरधन राईसँग शिलापत्रकर्मी रमेश भारतीले गरेकाे कुराकानी शिलापत्रबाट साभारगरिएकाे हाे।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकार र सुरक्षा निकायलाई राष्ट्रपतिको निर्देशन

२ कार्तिक २०८२, शनिबार १६:१५

`बटमलाइन पूरा नभई हामी चुनावमा जाने तयारीमा छैनौँ’- ढुंगाना

२ कार्तिक २०८२, शनिबार १६:०७

कर्णाली प्रदेश सरकारद्वारा लैङ्गिक हिंसा न्यूनीकरण निर्देशिका स्वीकृत 

२ कार्तिक २०८२, शनिबार १०:५३
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति