महिलाहरुलाई सुन्दरी देखेपछि अनेक उपाय रचेर आप्mनै बनाउनु पर्ने जस्को कारण पुरुषहरुको आकमणमा पर्ने जबरजस्ति करणी र यौन दुव्र्यबहार्र जस्ता कुराहरु महिलाहरुले सृस्टिको सुरुआत देखिनै भोग्दै आएका हुन । सृस्टिको सुरुआतमै राजा माहाराजा देबता लगायत दानबका राजा महाराजा हरु नै सुन्दरी महिला देखेपछि मोहित हुने गर्थे । त्यसको ज्वलन्त उदाहरण हो महाकाली । महाकालीमात्र होइन त्रेतायुगमा रामचन्दको सेखिझार्न रावणले सीता हरण गर्न सफल भयो। त्यस्तै द्वापर युगमा पनि कौरव हरुको माहासभामै द्रौपदीको सारी तानियो, चिरहरण भयो । यसरी हेर्दा नामुद र शक्तिशाली परिवारकै महिलाहरुमाथी पनि आकमण र यौन दुव्र्यबहार हुन्थ्यो जुनकुरा इतिहासमा लेखियो । तर यस्ता चिरहरणहरु नसुनिएका नभनिएका र नलेखिएका घटनाहरु पनि कैयौ छन । जसको सिको गदै आधुनिक जमानामा पनि कैयौ निर्दोष महिला हरुको चिरहरण र त्यसपछि हत्यासमेत हुने गर्दछन । जसको ज्वलन्त उदाहरण हो निर्मला हत्याकाण्ड लगायत थुप्रै अरु पनि यौन बलात्कारका घटनाहरु ।
यदि महाकालीले महिषासुर, सुम्भ निसुम्भ, रक्तबिज र चाण्ड मुण्डलाइ युद्धमा नजितेको भए महिषासुरबाट नै शोषण मा पर्ने अबस्था थियो । हालकि निर्मलाकै जस्तो अबस्थाहुन्थो । पार्वती एक पटक मात्र होइन, उहॉ पटक पटक राक्षसहरुको जालमा पर्नु भयो, कहिले जालन्धर तब कहिले अन्धकासुर ।
आफुमाथी आइलाग्ने स‘ंग निडर भएर युद्ध जितेर इतिहास बनाउन सफल प्रथम साहसी महिलानै महाकाली हुन । उनले आफनो अस्थित्व बचाउनुका साथै स्वर्गबाट लखेटिएका सोझासिधा देबताहरु लगायत ब्रम्हा विष्णु र शिब लाइ समेत संरक्षण गर्नुभयो । उहां‘कै साहसको कारण ले महिलाको स्वतन्त्रता र अस्थित्वलाइ स्विकार गर्यो । जुन साहसको कारण पुर्बिय दर्शनमा महिला शक्तिलाई प्रथम स्थानमा राख्न थालियो । महिला शक्तिको सफलताको सम्झनानै बडादशै हो। जसको प्रेरणाले आधुनिक जमानाका महिला अधिकारकर्मिहरु लाइ पनि समाज परिबर्तन गर्न साहस बढाएको छ
प्रसङ्ग हो बडा दशै र महाकालीको कथा । वामन पुराण अनुसार सृस्टिको सुरुआत अर्थात सत्ययुगमा महिषासुरका दुतहरु चाण्ड र मुण्ड ले एकदिन आपmने क्षेत्रमा हुने गतिबिधिको बारेमा रेखदेख गर्ने क्रममा बिन्ध्याचल पर्बतमा बसेकी अत्यन्त सुन्दरी युबतिलाइ देखे । उनिहरुलाइ यो दृस्य अत्यन्तै अनौठो लाग्यो त्यसैले उनिहरुले आफनो राजा महिषासुरलाइ यसरि बेलिबिस्तार लगाए कि अत्यन्तै सुन्दरी महिला सम्पुर्ण लक्षणले युक्त, चन्द्रमाको जस्तो शोभा भएकी, सिंहलाइ तिरस्कार गर्ने कम्मर, अतुलनिय सौन्दर्य, र अठारहात भएकी कन्या बिन्ध्य पर्बतमा बसेकि छिन । चाण्ड र मुण्ड का यस्ता बचन सुनेर ति कन्या प्रति महिषासुर अत्यन्तै मोहित भयो । बत्तिको सौन्दर्य लाइ देखेर पछि लाग्ने पुतली झै बिचारै नगरि मोहित भयो । महिला स‘ंग बिचार गर्नु पर्ने कारण पनि थिएन किनकि उसले सबैलाइ जितिसकेको थियो । ति कन्यालाइ पाउने अभिलाषाले त्यस महिषासुरले चाण्ड मुण्ड, नमर एवं रक्तबिजादिलाइ स्वर्ग वाट बिन्ध्य पर्बत तर्फ बढायो । त्यहाँ पुगेका दैत्यहरुले मयपुत्र दुन्दुभि लाइ अघि सारेर देबी समक्ष दुतको रुपमा महिषासुरका लागी मनाउन पठाए । दुन्दुभि ले देबी समक्ष गएर यसरी भन्यो र्कि हे सुन्दरी म महिषसुरको दुत ह‘ुं मेरा स्वामी महिषासुर बडा पराक्रमि छन । उनले देबतालाइ पनि जितेर स्वर्गमा बसेर राज गर्दै छन । यदि तिमी चाहन्छयौ भने महिषासुरकि रानी बनेर तिनै लोकमा राज गर्न सक्छेउ । देबीले दैत्यहरुको मनसाय बुझेर भनिन हे दैत्य ! तैले भनेको ठिकै हो, तर मेरा पुर्खाले आफना छोरीको बिबाहका लागी
“यो जेष्यतेक्स्मटकुलजां रणागे्र
तस्या ः स भर्ता क् पि भबिस्यतिति”
जसले हामा कुलकि कन्यालाइ लडाइ गरेर जित्लान तिनै सं‘ग हाम्रा कुलका छोरीहरुले बिबाह गरुन् भनेर सर्त राखेका छन । त्यसैले तिम्रा राजाले मलाइ जितेर बिवाह गरुन ! यहि खबर राजालाइ भन्नु ।
देबीले यसो भनेपछि दुतहरुले महिषासुर भएको ठाउमा पुगेर सबै यथार्थ सुनाए । महिषासुरले पक्कैपनि यो कन्या बलबान छे , नत्र त्यत्रो साहस किन गर्थी ? भन्दै देबी संग युद्ध गर्न सेना पठायो । ब्रम्हादि देबताले महिषासुरका सेना देबी संग युद्ध गर्न अगाडी बढेको देखेर देबी लाइ हतियार र कबच सहित तयार रहन आग्रह गरे । देबी पनि सतर्क रहिन । त्यसैबेला दैत्य सेनाले आएर देबी माथी आकमण गरे । भयंकर युद्ध सुरु भयो । बिभिन्न आकृतिका दैत्यहरुले एकैसाथ मिलेर आकमण गर्दापनि देबी ठूलो पराकम देखाउदै साहस पुर्वक लडिरहिन । धेरै दैत्यहरुको बिनास भयो । कतिपय दैत्यहरु पलायन भए ।
देबीको यस्तो पराकम देखेर महिषासुर सिंह उज्याउदै र खुरले पहाड भत्काउदै अघि बढयो । देबी र महिषासुरको युद्ध यस्तो भयंकर भयोकि देबीका चक्र गदादि हतियार समेत व्यर्थ भए । अन्त्यमा देबीले महिषासुरका कॉधमा चढेर गर्धन काटेर मार्नूभयो । फेरि रक्तबिज नामको दैत्य अघि बढयो । रक्तबिज यस्तो थियोकि उसलाइ जतिपल्ट काटेपनि उसको रगत भूमिमा पर्ने बित्तिकै हजारौ हजार रक्तबिज हरु प्रकट हुन्थे । जसले गर्दा देबीले जित्नलाइ धेरै अप्ठेरो पर्यो । तर अन्त्यमा देबीले कालीको रुप प्रकट गरेर खप्परको खवटामा रक्तबिजको रगत थाप्दै पिउने गरिन । तबमात्र भूमिमा रगत झर्न पाएन र रक्तबिज मर्यो । त्यो देखेर देबता लगायत मानिसहरुले देबीले रगत खाने रहेछ भनेर बलि चढाउने गरेका हुन । देबीले रक्तबिजको रगत पिउनु एउटा बाध्यता मात्र थियो । तिनै कुसंस्कारहरु अहिलेपनि कतिपयले पछयाउने गरेका छन भन्छन विपस्यना ध्यानका संस्थापक गुरु सत्यनारायण गोयन्का । महिषासुर र रक्तबिजको अन्त्य भएपछि देबताहरुले देबीको स्तुति गरे । देबीले पनि देबताहरु सामु आबस्यक पर्दा आफु फेरी प्रकट हुने र दुस्कर्म गर्नेको नासगर्ने र सत्यको बिजय गराउने बचन दिदेै आफनो बाटो लागिन । देवी भागवतमा बताइए अनुसार देबीका तिनबटा रुपहरु सत्व गुण, रजगुण र तमोगुण हुने गर्दछन । सत्वगुणबाट पुजा आराधना गरे मोक्ष पाप्त हुने, रजोगुण बाट पुजा आराधना गरे उध्योग, व्यापार व्यबसाय आदी पस्टाउने र काटमार बलिपुजा आदी वाट आराधना गरे तमोगुणी स्बभाबहरु बढने चोर डाका भस्टाचरीहरु बढने कुरा बताइएकोछ । त्यसैले दुर्गा सस्तसती चण्डीमा भगवान बम्हा, विष्णु र शिब ले नै देबीशक्तिलाइ यसरि पुकारा गर्ने गर्नु भएको छ ।
या देबी सर्ब भूतेसु मात्रृ रुपेण संिस्थत, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम ः
या देबी सर्ब भूतेसु शक्ति रुपेण संंिस्थुत, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम ः
या देबी सर्ब भूतेसु ज्ञान रुपेण संस्थित, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम ः
या देबी सर्ब भुतेसु बुद्घि रुपेण संंिस्थत, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम ः
या देबी सर्ब भुतेसु सिद्घि रुपेण संंिस्थत, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम ः
तर आजकाल बलि पुजालाइ महत्व दिने गरिएको छ । तर बलिपुजा एउटा खराब संस्कारहो, जसले समाजलाइ दुसित बनाउने गर्दछ ,जसको अन्त्य गर्न सांस्कृतिक क्रान्तिको नै आबस्यक पर्छ भन्छन पाशुपात योगका गुरु माहात्मा शुशिल । त्यसैले हरेक दशैमा महाकालीको पुजाहुन्छ तर जनाबरको बलि दिएर होइनकि मानिसहरुमा भएका दुर्गुणहरु काम, कोध, लोभ, मोह अहंकार जस्ता दुर्गुणहरुको बलि चढाउदै उहांको ध्यान गरेमात्र महाकालीको पुजाहुन्छ ।
यसरि हेर्दा बडादशै एउटा सात्विक र सत्य बिचारलाइ जिताउने एकमात्र चाड हो । जसमा महिला शक्तिको पराक्रमको सम्झना गर्दै घर समुदाय र गाउटोलकै सबैभन्दा जेस्ठ र श्रेस्ठ व्यक्ति बाट टिका आशिर्बाद ग्रहण गर्ने समय हो । जुन पर्बमा मात्रै महिला शक्ति लगायत जेस्ठ नागरिकको खोजी हुन्छ । अरुबेला वास्ता नगरिए पनि सबै भन्दा बृद्ध मानिसबाट टिका थाप्ने इच्छा हुने गर्दछ । त्यसैले यो पर्बमा मात्रै सबै बृद्ध बृद्धाहरु सम्मानीत हुने गर्दछन । टाढा टाढा पुगेका छोराछोरीले पनि दशैमा अनिबार्य सम्झने लगायत टाढाटाढा भैसकेका आफन्तहरुलाइ भेटघाट गराउने र रिसराग सत्रुतालाइ त्यागेर एकतामा ल्याउने कामगर्दछ । त्यस्ौले बडादशैलाइ सामाजीक सदभाब बढाउने एउटा महत्वपुर्ण सांस्कृतिक पर्ब पनि मानिन्छ । पुर्बिय दर्शनमा महिला शक्तिलाइ प्रथम स्थानमा राखेको भएपनि ब्यबहारमा चाहि अरु महिलाहरुलाइ दोश्रो स्थानमै राखेको देखिन्छ । महिला शक्तिको पुजा गर्दै गर्दा कैयौ पिडित महिलाहरुले पनि न्याय पाउन बाट बन्चित हुनु नपरोस । आज समाजमा महिलाहरुमा यौन शोषण बाट पिडित हुदै गएको अबस्थामा सबै महिलाहरु महाकाली जत्तिकै शक्तिशाली हुन आबस्यक छ । नकि चाडपर्ब र देबी पुजाको कुनै अर्थ रहने छैन । शक्ति भएका महिलालाइ मान्ने र शक्ति नभएका लाइ लात्तलेहान्ने काम चाहि नहोस ।राज्य सन्चालकहरुले बुझन आबस्यक छ ।
लेखक पाटन संयुक्त क्याम्पसमा प्राध्यापनरत छन ।