सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय फेरबदल गरेका छन् । बुधबार नै मुख्यमन्त्री शाहीले सचिवालयमा नयाँ अनुहार नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीको सचिवालय रहेका केही साथीहरु आफ्नो पदीय जिम्मेवारीबाट विदा लिए र उहाँहरुको ठाउँमा नयाँ नियक्ति गरिएको मुख्यमन्त्री शाहीको प्रेस सल्लाहकार धु्र्बविक्रम बुढाथोकीले जानकारी दिए ।
मुख्यमन्त्री शाहीले जनसम्पर्क सल्लाहकार जनकनाथ योगीको ठाउँमा कालिकोट नरहरिनाथ गाउँपालिका बिष्णु बिकलाई नियुक्त गरेका छन् । उनी नेकपा कालिकोटका पुराना नेता तथा पूर्व गाबिस अध्यक्ष हुन् ।
प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहको ठाउँमा कृष्णप्रसाद आचार्यलाई नियुक्त गरेका छन् । उनी नेकपाका पुराना नेता तथा कानुनमा एलएलएम गरेका छन् ।
त्यस्तै, स्वकीय सचिव सुमन शाही ठाउँमा नेकपा कालिकोटका खाँडाचक्र नगरपालिका निकासी रविन्द्र शाहीलाई नियुक्त गरेका छन् । उनी कालिकोटका पुराना पत्रकार हुन् ।