सुर्खेत ।डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित ईलाका प्रहरी कार्यालय करवगार्डले जाजरकोटबाट डोल्पातर्फ लैजादै गरेको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पश्चिम रूकुम चौरजहारी नगरपालिका-३ का २३ वर्षीया रेशम मल्ल र जाजरकोट भेरी नगरपालिका–४ का २२ वर्षीया २२ को एकराज शाहलाई प्रहरीले पक्राउ गरेको हो ।
कर्णाली प्रदेश ०२००१ प. ००४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा प्रहरी चेकजाँच गर्दा कालो झोलामा लागुऔषध भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हरिराज वाग्ले जानकारी दिए ।
पक्राउ परेका उनीहरूबाट नाईट्राभेट १३५ थान, बायोट्राम ३१४ थान, लिकँफ ४८ थान बरामत भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय डोल्पामा भइरहेको प्रहरीले जनाएको छ ।