जाजरकोट । मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ ।
नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक छलफल गरी नयाँ सूची बनाएर गृहकार्यमा लागेको परियोजनाका प्रमुख पिताम्बर बस्नेतले बताए । नयाँ सिफारिस गरिएका सूची जाजरकोटमा अत्यधिक मात्रामा सम्भावना भएको मध्येमा पर्दछ ।
यसअघि सञ्चालनमा रहेका मौरी र सुन्तला जोनले व्यापकरूपमा जनताको मन जितेपछि नयाँ सूचीकरण गरी प्रस्ताव गरिएको हो । सम्भावना हुँदाहुँदै आवश्यक सहयोगको अभावमा कृषकले समस्या भोगेको गुनासो आएसँगै नयाँ सूची निर्माण गरि काम गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिए। अहिले जाजरकोटको मह नेपाल मात्र नभएर विश्वका धेरै मुलुकमा निर्यात हुनेगरेको छ ।
त्यस्तै जाजरकोटमा उत्पादन हुने महका विषयमा अध्ययनका लागि विदेशबाट अनुसन्धाता पुगेका छन् । सरकारको १० वर्षे कार्यक्रमभित्र