सुर्खेत।कर्णाली प्रदेशका माओवादी केन्द्रका दुई प्रदेश सांसद एमालेको केन्द्रीय सदस्य मनोनीत भएका छन् ।
आज बालुवाटारमा बसेको अध्यक्ष केपी ओली पक्षका केन्द्रीय सदस्यको बैठकले माओवादी केन्द्रका प्रदेश सांसद धर्मराज रेग्मी र ठम्बर विष्टलाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको हो ।
उनीहरू रामबहादुर थापा ‘बादल’ समूहबाट मनोनीत भएका हुन् । अध्यक्ष ओलीले बादलको समूहबाट २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेका हुन् ।
तत्कालीन नेकपामा विवाद हुँदा रेग्मी र विष्ट ओली समूहमा खुलेका थिए । रेग्मी दैलेखबाट निर्वाचित प्रदेश सांसद हुन् भने विष्ट सुर्खेतबाट निर्वाचित प्रदेश सांसद हुन् ।