Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

कर्णाली राजमार्गको दैलेखमा पर्ने रामाघाट–साई खण्ड बन्द

By आयो रैबार संवाददाता१ जेष्ठ २०८२, बुधबार ०१:०२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । कर्णाली राजमार्गको दैलेखमा पर्ने रामाघाट–साई खण्डमा निर्माणमा समस्या भएको भन्दै सवारी आवागमन १५ दिनका लागि बन्द गरिएको छ । निर्माणका लागि ठेक्का व्यवस्थापन भइसकेको सिस्नेदेखि साई खण्डमा निर्माणका क्रममा समस्या भएको भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले बैकल्पिक रुट दिएर सडक बन्द गरेको हो ।

कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिनुपर्नेछ । रामाघाट बजारबाट दुई किलोमिटर उत्तरमा रहेको मध्यपहाडी लोकमार्गको सात्तला भएर साई निस्कनु पर्नेछ । रामाघाट–साई खण्डको दुरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साई निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दुरी पछ्याउनु पर्नेछ । सिस्ने साई खण्डको १२ किलोमिटर दुरीको सडक विग्रिएपछि नयाँ ठेक्का व्यवस्थापन गरिएको छ । यसअघि कालोपत्रे गरिएको सडक भत्किएको, खाल्डाखुल्डीले सिस्ने, टुनिवगर र साई क्षेत्रमा निकै सास्ती भएपछि कार्यालय खड्का के एस के शिशिर बसन्त जेभीसँग २०८१ चैतमा सम्झौता गरेर काम थालेको हो ।

सडक निर्माणको क्रममा सवारी चापले काम गर्न समस्या भएपछि असार अघिसम्म सक्नेगरी बैकल्पिक रुट दिनु परेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुम भण्डारीले जानकारी दिएका छन् । दैनिक आवतजावत हुने उच्च सवारी चापले निर्माणमा अवरोध भयो, भण्डारी भन्छन्, निर्माणले अपेक्षाकृत गति लिन नसकेको र दुर्घटनाको जोखिम बढ्ने भएकाले स्थानीय प्रशासनलाई सुरक्षा मिलाइदिन पत्राचार गरिएको हो । राजमार्ग जेठ ११ गतेसम्म दैनिक विहान ८ बजेदेखि १२ र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म बन्द हुनेछ । लामो समयसम्म सवारी रोक्नुभन्दा बैकल्पिक सडकबाट सवारी आवागमन मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । नागरिकलाई दुःख दिनेभन्दा पनि वर्षात अगावै साई–सिस्ने खण्डको सडक सुधार गरेर सहज आवागन गराउने लक्ष्य राखेको भण्डारी बताउँछन् । जेभीले २०८३ असारमा सक्नेगरी पाली–रामाघाट १२ र सिस्ने–साई १२ गरी २४ किलोमिटर सडक निर्माण गरिरहेको छ ।

कर्णाली राजमार्ग र सुर्खेत–दैलेख सडक खण्डको आठ किलोमिटर सडकसहित जेभीसँग २४ करोडमा सम्झौता गरिएको भण्डारीले जानकारी दिए । बिग्रिएको सडक सुधार, नाला निर्माण र असारसम्म वेश विछ्याएर भदौसम्ममा सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । सडक सहजता कर्णालीका हिमाली जिल्लामा पुगेपनि वर्षौं पहिले सञ्चालनमा आएको कर्णाली राजमार्गको यात्रा पट्यारलाग्दो छ । राजमार्गको तल्लो डुंगेश्वर–पादुका–साई–खिड्कीज्यूला खण्डमा राजमार्ग नराम्ररी विगिएको छ । यसअघि गरि कालोपत्रे ठाउँ–ठाउँमा भत्किदा यात्रु र सावरी चालकले सास्ती खेप्नु परेको हो । सडक डिभिजन कार्यालय सुर्खेतले कर्णाली राजमार्ग सुधार्न पटक–पटक ठेक्का व्यवस्थापन गर्दै आएको छ । तर निर्माण व्यवसायीको समयमै काम नसकेर अलपत्र छाड्ने गरेपछि सास्तीको यात्रा गर्नुपर्ने अवस्था छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

दशकौंदेखिको बहुप्रतीक्षित सपना साकार हुँदै

६ असार २०८२, शुक्रबार ११:२३

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

६ असार २०८२, शुक्रबार ११:०४

नदी नै जीवन, नदी नै पीडा

६ असार २०८२, शुक्रबार ०८:३२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति