सुर्खेत । जिल्ला मालपोत कार्यालय दैलेखका दुई कर्मचारी रंगेहात घुससहित दुई जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान सुर्खेतले घुस रकमसहित दुई जनालाई कार्यालय परिसरबाट पक्राउ गरेको हो ।
सेवाग्राहीको उजूरीको आधारमा उनीहरुलाई पक्राउ गरेपनि नाम भने खुलि नसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधकिारी मेघनाथ सापकोटाले बताए । ‘सेवाग्राहीबाट बारम्बार घुस माग्ने दुई जना कर्मचारीलाई आयोग सुर्खेतको टोलीले सोमबार पक्राउ गरेको छ ।’ उनले भने,‘घटनाका बिषयमा बिस्तृत विवरण आउन बाँकी रहेको छ ।’
उनीहरुलाइ सोमबार साँझ सवा पाँच बजे नियन्त्रणमा लिएको सापकोटाले बताए । ‘टोलीले मुचुल्का उठाइरहेकाले केही बेरमा घटनाको विस्तृत विवरण सार्वजनिक हुन्छ ।’ उनले भने,‘सेवाग्राहीको उजुरीका आधारमा पक्राउ गरिएको हो ।