सुर्खेत । कर्णाली प्रदेशसरकारद्वारा कृषकलाइ प्रदान गरिने व्याज अनुदान कार्यक्रमका लागि भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । व्यावसायिक कृषि तथा पशुपन्छी पालन व्यवसायकाे लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि २०७६ कार्यान्वयनका लागि शुक्रबार समझदारी पत्रमा दुइपक्षले हस्ताक्षर गरेका हुन् ।
किसानकाे आवश्यकता र मागका आधारमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएकाे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले जानकारी दिए । उनका अनुसार याे सम्झाैता तत्काल कार्यान्वयनमा जानेछ ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत केशरकुमार श्रेष्ठ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव मिश्रले हस्ताक्षर गरेका छन् ।