सुर्खेत । कालिकोटको पचालझरना गाउँपालिका–६ पणेक्षामा संचालित नर्सरी उद्योगबाट मनग्य आम्दानी लिने गरेका छन् । गत आर्थिक वर्षमा अनुकुलन कोषको आर्थिक सहयोग, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघीय बिश्व खाद्य कार्यक्रमको समन्वय, मानव अधिकार तथा वातावरण विकाश केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको साझेदारीमा (क्याप्स) कर्णाली परियोजनाद्वारा नर्सरी उद्योगको स्थापना गरिएको हो ।
३५ लाख लागतमा निर्माण गरिएको नर्सरीबाट ओखर, बकाइनो, चिउरा, खर्सु, टिमुर, सुन्तला, घिउँकुमारी, पैयु आदी गरि ४३ हजार बिरुवा बिक्रि वितरण गरिएको र ६० हजार विरुवा उत्पादन गरिएको (क्याप्स) कर्णाली परियोजनाका कार्यक्रम संयोजक नरेन्द्रबहादुर शाहीले बताए ।
नर्सरीमा उत्पादन गरिएका बिरुवाहरु छिमेकी गाउँपालिका पलातालगाएतका गाउँपालिकामा बिक्रि वितरण हुने गरेको नर्सरीका चौकिदार धनबहादुर थापाले बताए ।