काठमाडौं । साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) पहेँलो धातु (सुनको) मूल्यमा सामान्य गिरावट ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।
सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९० हजार २ सय रुपैयाँ तोकिएको छ ।
साप्पाहिक तथा फागुन महिनाको पहिलो कारोबार दिन (आइतबार) पनि नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको थियो ।
आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९० हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ४ सय रुपैयाँ प्रतितोला कायम भएको थियो ।
यसअघि अघिल्लो महिनाको अन्तिम कारोबार दिन (माघ ३० गते, शुक्रबार) नेपाली बजारमा छापावाल सुनको मूल्य ९० हजार ९ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ४ सय रुपैयाँ प्रतितोला थियो ।
सोमबार नेपाली बजारमा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
आइतबार नेपाली बजारमा चाँदीको मूल्य तोलाको १ हजार ३ सय ३५ रुपैयाँ रहेकोमा सोमबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ पुगेको हो ।
आइतबार भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको थियो । गत महिलाको अन्तिम कारोबार दिन (माघ ३० गते, शुक्रबार) नेपाली बजारमा चाँदीको मूल्य तोलाका १ हजार ३ सय २० रुपैयाँ थियो ।