• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » चाड पर्व शुरु भयो, सुनचाँदी व्यापार न्यून
अर्थ

चाड पर्व शुरु भयो, सुनचाँदी व्यापार न्यून

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१४ आश्विन २०७७, बुधबार १३:३१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


सुर्खेत, १४ असोज । दशैं तिहार आउन करिब एक महिना बाँकी रहेको छ । विगत वर्षहरु यो सिजनमा सुनचाँदी किन्न आउनेको भीड नै लाग्ने गरेको भएपनि यो वर्ष सुनचाँदी किन्ने न्यून आउने गरेका छन् ।
चाड पर्व मौसम शुरु भएपनि सुनचाँदीको व्यापार न्युन रहेको छ । सुनचाँदीको मुल्य निरन्तर बढेका कारणले सुनचाँदीको व्यापार न्यून भएको हो ।
यसभन्दा अघिल्ला वर्षहरुमा चाड पर्वको बेला सुनचाँदी व्यापार राम्रो भएपनि यस वर्ष कोरोना र सुनचाँदीको मुल्य बढेका कारणले व्यापार न्युन भएको हो ।
बिगतका वर्षहरुमा चाड पर्वका बेला सुनचाँदीको व्यापार राम्रो हुने गरेको यो वर्ष सुनको मुल्य बढेको र कोरोना कारणले सुनचाँदी किन्ने ग्राहकको कमी भएको सुर्खेत वीरेन्द्रनगर–६ मनिष ज्वैलर्सका संचालक महेन्द्र गहतराजले बताए । ‘कोरोनाका कारणले कयौं मानिसको रोजगारी गुमेको छ । वैदेशिक रोजगारीमा गएका नागरिकहरु फिर्ता भएका छन् ।’ उनले भने,‘विदेशबाट आउने रेमिटायन्समा कमी आएका कारणले सुनचाँदी किन्ने ग्राहकमा कमी आएको छ ।’
विगत चाडवाडका बेला सुनचाँदीमा काम गर्ने कालीगढहरुलाई भ्याई नभ्याई हुने गरेको अहिले कालीगढको रोजगारी पनि गुम्न पुगेको गहतराजले जानकारी दिए । ‘सुनचाँदीको व्यापार निकै कमी आएको छ ।’ उनले भने,‘सुनचाँदीको व्यापार नहुँदा पसलको भाडा तिर्न र कालीगढलाई तलब खुवाउन समेत समस्या भएको छ ।’
कर्मचारी, व्यापारी, विदेशमा गएका नागरिकहरुले सुनचाँदी बढी आक्रर्षित हुने गरेकामा कोरोनाका कारणले अहिले अंधिकासको रोजगारी गुमेकाले सुनचाँदी किन्न ग्राहकको कमी आएको सुर्खेत वीरेन्द्रनगर–६ का संगम ज्वैलर्सका संचालक ज्ञानेन्द्र विश्वकर्माले बताए । ‘कोरोनाका कारणले आर्थिक गतिबिधिमा कमी आएको छ ।’ उनले भने,‘मान्छेलाई खानसमेत नपाएको बेला सुनचाँदी किन्ने ग्राहकमा कमी आएको हो ।’
सुन किन्न भन्दा बेच्न आउने बढी रहेको व्यापारीहरु बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न शाक्य अहिले सर्वसाधारणले सुन पसलमा बेच्न ल्याउने सुन दिनमा ४० किलोग्रामसम्म रहेको बताउँछन् । ‘सुन कारोबार ठप्प हुने अवस्था आइसक्यो, पसलमा सुन किन्नेको भन्दा बेच्ने चार गुणा बढी छन्, यस्तो अवस्थामा कसरी व्यवसाय गर्ने ?’ शाक्यले भने ।
नेपालमा सुन ल्याउने वैधानिक बाटोबाट वाणिज्य बैंकहरु मार्फत दैनिक १५ किलोग्राम मात्र हो । तर, अहिले सर्वसाधारणबाटै आएको सुन पर्याप्त रहेको भन्दै सुनचाँदी व्यवसायीले बैंकबाट सुन लिएका छैनन् ।
चार महिनादेखि व्यवसायीले बैंकबाट सुन नकिन्दा बिभिन्न बैंकमा ३ सय ६० किलोग्राम सुन स्टक छ । नेपालमा तीज, दसैं र तिहार अनि बिहेको लगन भएको महिनामा दिनमा ४० किलोग्रामसम्म सुनको माग हुने व्यवसायीहरुको दाबी छ । गर्तवर्ष दैनिक ४० केजी सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघको दावी छ ।
घाटामा साना व्यवसायी
लकडाउनका कारणले साना व्यापारीहरु समस्यामा परेका छन् । सुर्खेत वीरेन्द्रनगर खोर्के लाइनका एक सुन ब्यापारी कारोबार नहुँदा पसल बन्द गर्नुपर्ने अवस्था आएको बताउँछन् । ‘यस्तो व्यापार नै नभएको मलाई थाहा थिएन,पसल खोल्यो सुन बेच्ने मात्रै आउँछन् किन्ने कोही आउदैनन्’ ती व्यापारीले भने ।
गतवर्ष औसतमा दिनको दुई लाख रुपैयाँको सुन बेच्ने ती व्यापारीले अहिले दिनमा १० हजारको पनि बिक्री नभएको गुनासो गरे । नेपाल सुनचाँदी व्यवसायी महासंघले साना र मध्यम स्तरका सुन व्यवसायीले पसल बन्द गरेपनि हुने अवस्था छ ।
ठूलालाई छैन समस्या
ठूला सुन व्यापारीहरुको पनि तुलनात्मक रुपमा व्यापारमा कमी आएपनि व्यवसायमा समस्या नपरेको बताउँछन् । गत वर्षहरुमा सुन अभाव भएपनि यसवर्ष अभाव नभएको उनीहरु बताउँछन् ।
सुर्खेतमा करिब २ सय हाराहारीमा सुनचाँदी व्यवसायी रहेका छन् ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

भारतले अनुदान सहायता घटायाे

१८ माघ २०७९, बुधबार ०९:३६

भारतबाट बढेर आयो इन्धनको मूल्य, कुनको कति?

१८ माघ २०७९, बुधबार ०९:३४

सरकारी स्रोतमा विदेश भ्रमणमा जाँदा अब अर्थ मन्त्रालयसँग पूर्वस्विकृति लिनुपर्ने

१८ माघ २०७९, बुधबार ०४:३९

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति