सुर्खेत। आगामी आर्थिक वर्ष २०८१-८२ का लागि कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रकाे पूर्वाधार विकासका लागि ५० करोड विनियोजन गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले भुकम्प प्रभावित जिल्लाका पूर्वाधार संरचना पुर्ननिर्माणका लागि बजेट विनियाेजन गरिएकाे जानकारी दिए ।
त्यस्तै कर्णाली प्रदेश सरकारका मन्त्रालयलाई एकिकृत प्रशासनिक भवन निर्माण गर्न ३० करोड विनियोजन गरिएकाे छ।
आगामी बजेटमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रमका लागि १० करोड विनियोजन गरेकाे छ।
आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाईको सुविधा बिस्तार गर्न बजेट विनियोजन गरिएको जानकारी दिए।
शिक्षा तर्फ विद्यालयकाे भौतिक पूर्वाधार सुधार तथा विकास गर्ने भएकाे छ।
आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले उक्त कार्यका लागि १ अर्ब १० करोड विनियोजन गरिएको जानकारी दिए।