बुटवल । लुम्बिनी प्रदेशका अर्थमन्त्री चेतनारायण आचार्यले आगामी वर्षको नयाँ बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । शनिबार मन्त्री आचार्यले प्रदेश सभामा आर्थिक वर्ष २०८१। ८२ को बजेट प्रस्तुत गर्न सुरु गरेका हुन् ।
दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने भनिए पनि भर्खरै अर्थमन्त्री आचार्यले प्रदेशसभामा बजेट प्रस्तुत गर्न सुरु गरेका हुन् । लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षको भन्दा घटाएर बजेट ल्याउने तयारी भएको छ ।
यसअघि प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केन्द्रीत रहेर मन्त्री आचार्यले बजेट प्रस्तुत गर्देछन् ।