सुर्खेत।सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोडको बजेट ल्याएको छ । प्रदेशसभाको शनिबार बसेको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका छन् ।
कुल बजेटमध्ये चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा ठूलो आकारको बजेट ल्याएको हो । अन्य प्रदेशहरूले चालु आवको भन्दा सानो आकारको बजेट ल्याएका बेला सुदूरपश्चिमले भने बढाएको हो । चालु आवका लागि २९ अर्ब २६ करोड रुपैयाँको बजेट ल्याइएको थियो ।
आन्तरिक राजस्वबाट एक अर्ब ६० लाख १५ हजार, संघीय सरकारको राजस्व बाँडफाँटबाट ९ अर्ब ९९ करोड, संघीय रोयल्टीबाट चार करोड ४० लाख, वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड २७ लाख, चालु वर्षको बजेटबाट वचत हुने ६ अर्ब १५ करोड, संघीय सरकारले दिने सर्सत अनुदानतर्फ तीन अर्ब १३ करोड, समपूरक अनुदान एक अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड गरी खर्चको स्रोत व्यवस्थापन गरिने प्रस्ताव छ ।
हेर्नुहाेस् पूर्णपाठः