Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
अर्थ

सुर्खेतमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

By आयो रैबार संवाददाता७ आश्विन २०८१, सोमबार ११:५२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


सुर्खेत । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुर्खेतमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे र राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल मर्हजनले आइतबार संयुक्तरुपमा सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष मर्हजनले आम उपभोक्ताका लागि सरकारले चाडपर्व लक्षित गरेर सञ्चालनमा ल्याएको सुपथ पसलबाट अधिकतम् लाभ लिन आग्रह गरे ।

उनले सरकारी स्तरबाट सञ्चालित सुपथ मूल्य पसलमा गुणस्तरीयताको सुनिश्चितता हुने भएकाले कुनैपनि वस्तु खरिद गर्दा विल लिएर ढुक्कले उपभोग गर्न सुझाव दिए । कार्यक्रममा सुर्खेतका निमित्र प्रमुख जिल्ला अधिकारी पाण्डेले सरकारले चाडपर्व लक्षित गरेर बजारमा वस्तुहरु अभाव हुन नदिने गरी सुपथ मूल्य पसलहरु सञ्चालनमा ल्याएको बताए ।

उनले चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल प्रभावकारी हुने विश्वास व्यक्त गरे । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख डाक्टर क्षितिज श्रेष्ठले तोकिएको मापदण्डमा टेकेर विक्री वितरण गरिने कुनैपनि वस्तुमा प्रायः समस्या नरहेको बताए ।

उनले गुणस्तरीय वस्तुको विक्री वितरण पूर्व चेकजाँच गरी उपभोक्तालाई दिन सुझाव दिए । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वमा मात्र नभई बाह्रै महिना सुपथ मूल्य सञ्चालनमा ल्याउन आग्रह गरे । उनले केही दिनमै चाडपर्व लक्षित सुपथ मूल्य पसल नीजि स्तरबाट समेत सुर्खेतमा सञ्चालनमा ल्याउनका व्यवसायीहरु वीच छलफलको जनाए ।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयका प्रमुख माधव मिश्रले सुर्खेतसहित ४२ जिल्लाका ७४ स्थानहरुमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याईएको बताए । उनले आजदेखि दशै, तिहार, छठ पर्वसम्म उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याईएको जनाए ।

उनका अनुसार सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा तेल, घ्यूसँगै छिट्टै चिनी तथा सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो उपलब्ध गराईनेछ । कम्पनीले आठथरी पौष्टिक तत्त्व मिश्रण भएको चामल समेत विक्री गर्ने तयारी गरेको कर्णाली प्रादेशिक प्रमुख मिश्रले जानकारी दिए ।

उनले विभिन्न पौष्टिक तत्वको कमीले विशेषगरी बालबालिकामा देखिने कुपोषण, रक्तअल्पताजस्ता स्वास्थ्य समस्याबाट दिगो रुपमा छुटकारा दिलाउन यस्तो चामलको विक्री शुरु गर्न लागिएको बताए । उनका अनुसार विश्व खाद्य कार्यक्रमको सहयोगमा कम्पनीले सुर्खेत, जनकपुर, राजापुर र काठमाडौंको थापाथलीमा चामलको पौष्टिक तत्व स्तरोन्नति गर्न आवश्यक पर्ने मेशिन जडान गरेको हो ।

अब यस्तो चामल जो कोहीले पनि कम्पनीका शाखाहरुबाट किनेर उपभोग गर्न सकिने उनको भनाइ थियो । उनका अनुसार उक्त चामलमा आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी१२, थायमिन, नियासिन, पाइरिडक्सिनसहित शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक तत्व मिसाइएको हुन्छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

राष्ट्रियसभा बैठक बस्दै

१ जेष्ठ २०८२, बुधबार ०१:३६

कर्णाली प्रदेश सरकारकाे ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

१ जेष्ठ २०८२, बुधबार ०१:२१

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

१ जेष्ठ २०८२, बुधबार ०१:१२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति