• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णाली सांसदका गाडी, खरिदभन्दा मर्मत खर्च बढी
अटो

कर्णाली सांसदका गाडी, खरिदभन्दा मर्मत खर्च बढी

आयो रैबार डेस्कBy आयो रैबार डेस्क८ मंसिर २०७७, सोमबार १३:३२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email



सुर्खेत । सत्तारुढ नेकपाका कर्णाली प्रदेश सांसद यामलाल कँडेलले प्रयोग गरेको गाडी मर्मतका लागि आधा करोड बढी खर्च विवरण प्रदेश सभा सचिवालयमा पेश भएको छ । गत जेठ महिनामा गाडी दुर्घटनामा परेपछि त्यसलाई मर्मतको लागि ५८ लाख ६९ हजार रुपियाँ लाग्ने अनुमानित खर्च विवरण सचिवालयमा पेश गरिएको हो ।

भैरहवास्थित देवकोटा चोकमा रहेको समृद्धि इन्टरप्राइजेज कम्पनीले सचिवालयमा मर्मतका लागि उक्त खर्च विवरण पेश गरेको छ । सांसद कँडेलले चलाउँदै आएको बा २ झ ३९७० नम्बरको स्कारपियो गाडी गत जेठ ६ गते चितवनको दासढुंगा नजिकै दुर्घटना भएपछि मर्मतको लागि भैरहवामा रहेको समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको थियो ।

२०७५ असारमा ४९ लाख ४९ हजारमा उक्त गाडी खरिद गरिएको सचिवालयका जिन्सी शाखाका नायब सुब्बा सुरेन्द्रबहादुर थापाले जानकारी दिए । खरिद मूल्य भन्दा मर्मत खर्च बढी आएपछि सचिवालयका कर्मचारीहरु आश्चर्यमा परेका छन् ।

सांसद कँडेलले विपक्षी दलका नेताले पाउने सेवा सुविधा पाउँदै आएका थिए । महालेखा परिक्षकको कार्यालयले उक्त सेवा सुविधा बेरुजु देखाएपछि उनले गत साउनदेखि सबै सेवा सुविधा नलिने घोषणा गरेका थिए । सोही सेवा सुविधा बमोजिम सांसद कँडेल गाडी प्रयोग गर्दै आएका थिए । गत जेठमा उक्त गाडी दुर्घटना भएपछि मर्मतको लागि भैरहवाको कम्पनीमा राखिएको छ । सुविधा नलिने घोषणा गरेको चार महिना बितिसक्दा पनि सांसद कँडेलले उक्त गाडी संसद नबुझाएको सचिवालयले जनाएको छ ।

गाडी मर्मत गर्न सचिवालयमा आएको उक्त इस्टिमेट महँगो भएको कर्णाली प्रदेश संसद सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए । उनले यस विषयमा बिमा कम्पनीसँग छलफल गरेपछि मात्र अघि बढ्न सकिने बताए । ‘सचिवालयमा आएको गाडी मर्मत खर्चका विययमा इन्स्युरेन्समा छलफल भएपछि मात्र कसरी अघि बढ्ने थाह हुन्छ’ सचिव बुढाथोकीले भने ‘हामीले कुनै प्रक्रिया अघि बढाएका छैनौ ।’

यता युनाइटेड इन्स्योरेन्स कम्पनीले उक्त गाडी मर्मत गर्न इन्जिनयर पठाएको जनाएको छ । कम्पनीका सुर्खेत शाखा प्रमुख धिरेन्द्र शाहले गाडी मर्मतपछि आएको बिलको आधारमा रकम भुक्तानी हुने बताए । ‘यो इस्टिमेट महँगो हो’ उनले भने, ‘कम्पनीमा रहेको गाडी मर्मतपछि मात्र कति लाग्ने भन्ने कुरा थाह हुन्छ ।’ गाडी मर्मतको यो इस्टिमेट अनुसार नयाँ गाडी नै किन्न सकिने उनले बताए ।इकागजबाट साभार

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति