काठमाडौं ।बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले दसैं–तिहार लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ स्किम अनुसार नगद छुटदेखि शून्य प्रतिशत ब्याजदरसम्मको योजना समाबेश गरिएको छ ।
चाडपर्वको अवसर पारि आकर्षक स्किम सार्वजनिक गर्दै आइरहेको बजाजले यसपाली भने नगद छुटमा बढी जोड दिएको छ ।
कम्पनीले कुनैपनि मोडलको खरिदमा नगद १० हजार छुट दिने घोषणा गरेको छ । त्यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल किन्ने ग्राहकले शून्य प्रतिशत व्याजदरमा बाँकी रकम सरल किस्ताबन्दीमा बुझाउन पाउने छन् ।
त्यसैगरी थोरै रकम भएका ग्राहकलाई लक्षित गर्दै २० प्रतिशत डाउन पेमेन्टमा समेत नयाँ मोटरसाइकल दिने योजना अघि सारेको छ । यसमा भने ग्राहकले ब्याज तिर्नुपर्ने हुन्छ ।
ग्राहकले यसका लागि बुकअनलाइन डट बजाजअटो डटकम डटएनपी लगअन गरी अनलाइन रुपमा बुकिङ गर्न सक्ने छन् ।
सोरुममै गएर पनि बाइक बुकिङ गर्न वा किन्न सकिन्छ ।