Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
प्रदेश मुख्य समाचार

बाख्रापालनबाट आत्मनिर्भर बन्दै बाँकेका महिला

By आयो रैबार संवाददाता१ कार्तिक २०८१, बिहीबार ०४:३४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

बाँके । बाँकेका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् ।

जिल्लास्थित १४ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोका बिक्री गरेर किसान महिलाले रु तीन करोड बढी आम्दानी गरेको राप्तीसोनारी गाउँपालिका–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिब्या गुरुङले जानकारी दिइन्।

“दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीको लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री गर्ने गरेका छौँ”, व्यवस्थापक गुरुङले भनिन्,“यो वर्षको दसैँमा खसीबोका बिक्री अपेक्षा गरेभन्दा बढी भएको छ, अब तिहारमा पनि सोही गतिमा बिक्री गर्ने हुने ठानेका छौँ ।” राप्तीसोनारीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु ३३ लाख दुई हजार दुई सय १० बराबरका दुई सय २२ खसीबोका बिक्री भएका छन् ।

यसैगरी दसैँमा दीपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ९३, रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ९६ परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ३० खसीबोका बिक्री भएका छन् । दसैँमा सबैभन्दा बढी राप्तीसोनारी–२ खोरीयास्थित जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले कारोबार गरेको छ । जननीले दुई सय ८१ खसीबोका बिक्री गरेको प्रबन्धक गणेश खत्रीले जानकारी दिए ।

प्रबन्धक खत्रीका अनुसार यो दसैँमा बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ५७, अप्सरा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ६९, कुसुम सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९८, सुनकोशी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९६ र सङ्गीनी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९२ खसीबोका बिक्री भएका छन् ।

यसैगरी राप्तीसोनारी–९ ढकेरीस्थित सङ्घर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ९५, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ४०, सशक्तिकरण सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ७० र बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ४७ खसीबोका बिक्री भएका हुन् । राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यो वर्षको दसैँलाई लक्षित गरेर दुई सय ५० खसीबोका बिक्रीका लागि तयार गरेकोमा दुई सय २२ खसीबोका बिक्री भइसकेका छन् ।

विगतमा बाँकेका महिलाले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाका खसीबोका बिक्री हुँदै आएका छन् । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौलेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिब्या गुरुङको भनाइ छ । पहिले फाट्टफुट्ट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् ।

गाउँमा महिला समूहमा आवद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झण्झटबाट दिदीबहिनी मुक्त भएको गुरुङले बताइन् । अन्य समयमाभन्दा दसैँ तिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमानै बढी बिक्री हुने गरेको गुरुङले बताइन् । हाल सहकारी आबद्ध किसानसँग रु पाँच सय २५ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र रु १० देखि १५ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उनले जानकारी दिइन् । सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य रहेका छन् । तीमध्ये हाल करिब छ सय किसान महिलाले व्यवसायीका बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋण पनि उपलब्ध गराउँदै आएको छ ।

राप्ती सोनारीमा वन क्षेत्र बढी भएका कारण यहाँका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित भएका हुन् । बाँकेका बाख्रापालक किसान महिलाले हुर्काएका खसीबोकाको बजारीकरणमा हेफर इन्टरनेशनललगायत सङ्घ संस्थाले सहयोग गर्दै आएका कारण बाख्रापालनबाट किसान महिला आत्मनिर्भरतर्फ उन्मुख भएका राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन चौधरीले बताए।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२३ असार २०८२, सोमबार ०९:१३

आज यी ५ प्रदेशमा भारी वर्षाकाे सम्भावना

२३ असार २०८२, सोमबार ०९:११

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’

२३ असार २०८२, सोमबार ०९:०७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति