सुर्खेत। स्थानीयको अवरोधको कारण अवरूद्व भएको चिसापानी -बावियाचौर- बड्डीचौर वीरेन्द्रनगर ३३ केभिए प्रसारण लाइनको पुुनः काम सुचारू भएकोछ। वराहताल गाउँपालिका वाड नं ५ का स्थानीयले विभिन्न माग राखेर अवरोध गरेको सो प्रसारण लाइनको काम कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको रोहवरमा सरोकारवाला र विधुत प्राधिकरणबीच छ बुद्वे सहमति भएपछि आइतबारदेखि काम सुचारू भएको हो ।
कैेलालीको चिसापानीवाट सुर्खेतको बावियाचौर-बड्डडिचौेर हुँदै वीरेन्द्रनगरसम्म आउने सो प्रसारण लाइन निर्माणले आफुुहरू मर्कामा पर्ने भन्दै स्थानीयले विधुतको पोलसमेत उखेलेका थिए । सरोकारवालाहरूसंगकोे सहमति अनुसार विधुत प्राधिकरणले प्रसारण लाइन क्षेत्रका बस्तिमा कालो तार लगाउने, ३ फेसको लाइन उपलब्ध गराउने, स्थानीयकोे कम क्षतिमा विधुत पोल विस्तार गर्ने लगायत छन।
कार्यक्रममा मुुुख्यमन्त्री कंडेलले प्रसारणलाइनकोे विवाद समाधानपछि द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिए। स्थानीय सरोकारवालाहरूको माग संवोधनमा आफनो पनि खवरदारी रहने उनको भनाई थियो। उक्त ३३ केभिए प्रसारण लाइन केही दिनमा सम्पन्न हुने र वीरेन्द्रनगरसहित यस क्षेत्रमा देखिएको बिधुत समस्या समाधानमा यसले महत्वपूर्ण योगदान गर्ने उनले बताए।
कार्यक्रममा सहजीकरण समितिको तर्फवाट स्धिमराज जोल्मीले आफूहरू विकास विरोधि नभएको तर नागरिकको ज्यान जोखिममा परेपछि बाध्य भएर प्रसारणलाई अवरोध गरेपनि अब समस्या समाधान हुने बताए। प्रदेशसभा सदस्य एवम पूर्व मन्त्री विन्दमान विष्टले वीरेनद्रनगरलाई पश्चिमवाट विजुलि पठाउन पाउनु तस क्षेत्रका जनतालाई गौरबको कुरा भएको बताए । जिसस प्रमुख गंगाराम सुनार, सुर्खेत उधोग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेल, बराहताल गाँउपालिका अध्यक्ष भिमबहादुर भण्डारी लगायतको उपस्थिति थियो ।