• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » गीत सुन्न म्युजिक नेपालले ल्यायो ‘गीत’ एप
कला

गीत सुन्न म्युजिक नेपालले ल्यायो ‘गीत’ एप

By ४ कार्तिक २०७७, मंगलवार ११:३४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । म्युजिक नेपालले एनसेल र न्यू आई टि भेन्चरको सहकार्यमा नेपाली गीत संगीतका पारखीहरूका एप ल्याएको छ । एण्ड्रोइड र आईओएस दुबै थरि मोबाइल फोनमा चलाउन सकिने ‘गीत’ एपको हाइपरलिंक एन्ड्रोइड र आईओएस रहेको छ । 

यस एपमार्फत प्रयोगकर्ताहरूले लोकदोहोरी, आधुनिक, पप, नेपाली चलचित्र, भाषाभाषीलगायत कुनै पनि विधामा अहिलेका चर्चित, लोकप्रिय गीतहरू मात्र नभई पुराना सदाबहार नेपाली गीतहरू पनि चौबीसै घण्टा सुन्न सक्नेछन् । आफ्नो रूचि अनुसारका गीतहरू छान्न, सूचि बनाउन र संग्रहित गर्न सकिनेछ । एपमा ८० देखि ८५ प्रतिशत नेपाली गीतसंगीत उलब्ध हुने म्युजिक नेपालका प्रमुख सन्तोष शर्माको दाबी छ । “तत्कालै नयाँ पुराना गरेर ८० देखि ८५ प्रतिशत गीत उलब्ध हुनेछन् । तर केही वर्षमा ९० देखि ९५ प्रतिशत गीत उपलब्ध गराउने हाम्रो अपेक्षा छ,” उनले भने । 

आफूले सुन्न मन पराउने गीतका बोल पनि देख्न सकिने तथा फेसबुक मार्फत साथीभाइहरूसँग शेयर गर्न सकिने प्रावधान पनि एपमा रहेको छ । साथै अफलाइन सुन्न सकिने छ । यो एपमार्फत सर्जकहरु असंख्य श्रोताहरु माझ पुग्न सक्ने र श्रोताहरूले पनि आफ्नो रोजाइका कलाकार र उनीहरूका नयाँ गीतहरू निर्विध्न रुपमा सुन्न सक्ने बताइएको छ । विश्वका अरु थुप्रै मुलुकका कलाकारहरूले व्यावसायिक रुपमा उठाइरहेको फाइदा अब म्यूजिक नेपालको माध्यमबाट एनसेल मार्फत नेपाली स्रष्टा कलाकारहरुले पनि उठाउन सक्ने भएको हुनाले यसलाई एउटा महत्वपूर्ण उपलब्धि मान्न सकिने म्यूजिक नेपालले जनाएको छ । 

दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा एक महिनासम्म निशुल्क गरिएको यस एप एनसेलका वर्तमान अवस्थामा भएका करिब १ करोड ६३ लाख ग्राहकहरुका लागि मात्र उपलब्ध गराइएको छ । यस एपले नेपाली मोबाइल प्रयोगकर्ताहरूलाई पनि सङ्गीत सुन्ने नयाँ र सुखद अनुभवसँग परिचित गराउने छ । 

एन्ड्रोइड फोनका लागि प्ले स्टोरमा गएर गीत सर्च गरी डाउनलोड र आइओएसको लागि एप स्टोरमा गएर गीत सर्च गरी डाउनलोड गर्नुपर्ने हुन्छ । एनसेलका कुनै पनि ग्राहकले यो एप डाउनलोड गर्ना साथ ३० दिनको लागि निःशुल्क प्रिमियम सेवा उपभोग गर्न सक्नेछन् । डाउनलोड गरेको एप खोलेर आफ्नो एनसेलको मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाइ गरेर एक दिन, सात दिन वा ३० दिनको योजना छान्नुपर्ने हुन्छ । एप डाउनलोड गर्दा कुनै शुल्क लाग्नेछैन । तर डेटाको शुल्क भने प्रयोगकर्ताको योजना अनुसारको लाग्न सक्नेछ । एप प्रयोग गरेको पहिलो ३० दिन कुनै शुल्क लाग्दैन । त्यसपछि प्रति दिन तीन रुपैंयाँ, प्रति हप्ता १५ रुपैयाँ वा प्रति महिना ५० (कर बाहेक)मा चाहेको सङ्गीत सुन्न सकिनेछ ।

क्यासेट तथा सीडीको समय फेज आउट भएसँगै अब एपलाई नै व्यवसायिक बनाउनुको विकल्प नरहेको शर्माको भनाइ छ । सांगीतिक उद्योगलाई थप व्यवसायिक बनाउँदै आम्दानीको स्रोतको मुख्य माध्यम डिजिटल प्रविधिलाई बनाउने उद्देश्यले गीत एप लञ्च गरेको शर्मा बताउँछन् । 

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

एक केजीको बच्चा हुर्काउन संघर्षरत कर्णालीका आमाको कथा बोल्ने ‘शून्यको मूल्य’

१९ पुष २०७९, मंगलवार ०३:०४

मार्क ट्राभिसको ‘डाइरेक्टिङ फिचर फिल्मस’को नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक

१८ पुष २०७९, सोमबार ०१:३४

नेपाली फिल्म : कथावस्तु कमजोर,गीत–सङ्गीत शसक्त

१२ पुष २०७९, मंगलवार ०८:५२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति