एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा मौलाएको मादक पदार्थ सेवनको विषयमा नयाँ–नयाँ विवरणहरु सार्वजनिक भइरहेका छन् ।
गत हप्तामात्र मात्र यही विषयमा हास्य कलाकार भारती सिंह र उनको श्रीमान हर्ष पक्राउ परे । उनीहरुले ड्रग्स प्रयोगको विषय पनि स्वीकार गरे ।
तर अहिले उनीहरु जमानतमा छुटेका छन् । यता,नाकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एनडीपीएस कार्ट भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न आग्रह गरेको छ ।
भारती सिंह र उनका श्रीमानलाई २१ नोभेम्बरमा एनसीबीले पक्राउ गरेको थियो । त्यतिबेला एनसीबीले भारती सिंहको घरमा भएको छापामारीमा ८६.५ ग्राम गाँजा बरामद भएको बताएको थियो । तर यी दुबैलाई १५–१५ हजार जमानत लिएर छोडिएको थियो ।