काठमाडौं । राष्ट्रिय कविता महोत्सव २०७७ मा कवि भैरवी भूगोल प्रथम भएकी छिन् । सोमबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको वाचनपछि महोत्सवका विजेता कवि घोषणा गरिएको हो ।
दोस्रो स्थानमा कवि प्रज्वल अधिकारी भए भने तृतीयमा रेजीना अपागाई, देवकी अभिलाषी र गणेशप्रसाद खतिवडा भए ।
निर्णायक मण्डलमा कविहरू स्नेह सायमी र प्रभा भट्टराई रहेका थिए ।
विजेता कविहरूले क्रमश: ५० हजार रुपैयाँ, ३० हजार र २० हजार रुपैयाँ, पदक र सम्मानपत्र राष्ट्रपतिको हातबाट पाउनेछन् ।