• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » गाैरीले भुवनलाई भनिन्ः ‘तेरो र मेरो रोमान्स त कहिल्यै भएन, के भाको ?
कला

गाैरीले भुवनलाई भनिन्ः ‘तेरो र मेरो रोमान्स त कहिल्यै भएन, के भाको ?

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२९ मंसिर २०७७, सोमबार १४:०७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं ।भुवन केसी र गौरी मल्ल नेपाली चलचित्रका समकालिन कलाकार हुन् । उनीहरुले थुप्रै चलचित्रमा सँगै काम गरेका छन् । यो जोडीको मित्रता खुलेर प्रकट भयो हालै एक टिभी रियालिटी शोमा ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने डान्सिङ विथ स्टार्सको २३ औं एपिसोड (सेमिफाइनल) मा अतिथिको रुपमा उपस्थित भएका थिए भुवन । गौरी उक्त रियालिटी शोकी निर्णायक हुन् । डेढ घन्टा लामो कार्यक्रमका दौरान दर्शकले भुवन र गौरीबीचको केमेन्ट्रीलाई मज्जाले नियाल्न पाए ।

नेपाली चलचित्र क्षेत्रमा ‘रोमान्स कि’ को छवि छ भुवन केसीको । कार्यक्रमका प्रस्तोता सुमन कार्कीले पनि उनलाई ‘रोमान्स किङ’ को संज्ञा दिएपछि गौरीले जोक गरिन्, ‘के रे सुमन, रोमान्स किङ रे यो ?’

त्यसपछि भुवनतिर फर्किएर हाँस्दै भनिन्, ‘तेरो र मेरो रोमान्स त कहिल्यै भएन, त्यत्रो फिल्म सँगै खेलेर पनि के भाको ?’

भुवन पनि के कम । आफ्नै शैलीमा जवाफ दिए, ‘अब हुन्छ, अब हुन्छ, डन्ट वरी । पहिले मौका दिइस र ?’

गौरीले झन् कडा जवाफ फर्काइन्, ‘तेरो र मेरो रोमान्स सपनामा पनि हुँदैन के । कन्यादानमै सकियो हाम्रो रोमान्स त ।’

अर्को सन्दर्भमा पनि गौरीले भुवनलाई फेरि घोचपेच गरिन् । भुवनले आफूलाई खासै राम्रो नृत्य गर्न नआउने बताइरहेका थिए । गौरीले छेड हान्दै भनिन्, ‘खासै आउँदैन रे ? आउँदै आउँदैन भन् न ।’

यसरी पाका कलाकारहरु बीच ‘तँ–तँ र म म’ शैलीमा संवाद भइरहँदा कतिपय दर्शकले भने अनौठो मानेका छन् । यसको भिडियो क्लीप टिकटकमा पनि भाइरल भएको छ । राष्ट्रिय टेलिभिजनमा प्रशारण हुने कार्यक्रममा गौरीले भुवनलाई तँ नभनेको भए हुन्थ्यो भन्ने एकथरिको विचार देखियो । अर्काथरिले चाहिँ उनीहरुले औपचारिकता निभाउनुभन्दा आफूहरुको स्वभाविक मित्रतालाई उजागर गरेको भन्दै प्रशंसासमेत गरेका छन् ।

भुवन केसी र गौरी मल्ल करिब ४ वर्षको अन्तरालमा नेपाली चलचित्र उद्योगमा भित्रिएका हुन् । उनीहरुको उमेरमा पनि धेरै अन्तराल छैन । भुवनले २०३९ सालमा निर्मित ‘जुनी’ चलचित्रबाट डेब्यू गरेका थिए । त्यसको ४ वर्षपछि २०४३ मा बनेको ‘सन्तान’ बाट गौरीले डेब्यू गरिन् । सन्तानमा भुवन केसीकै मुख्य भूमिका थियो । यद्यपि चलचित्रमा गौरीको जोडी अर्जुनजंग शाही थिए । नायिका करिश्मा मानन्धरले पनि यही चलचित्रबाट डेब्यू गरेकी हुन् ।

सन्तानपछि भुवन र गौरीले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘कन्यादान’ अविस्मरणीय छ । प्रकाश थापा निर्देशित यो चलचित्र व्यवसायिक रुपमा जति सफल भयो, उत्तिकै प्रशंसित पनि । भुवन र गौरी दुवै कुशल अभिनयका लागि चिनिन्छन् । उनीहरुबीचको अन्तराल भनेको चाहिँ नृत्य नै हो । गौरी नृत्यमा पारंगत छिन् भने भुवनको नृत्य दयनीय छ । नृत्यका नाममा हात मात्रै्र हल्लाउन जानेको उनी स्वयम् स्वीकार्छन् ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति