नयाँदिल्ली । दक्षिणका सुपरस्टार धनुषले हिन्दी चलचित्रमा पनि राम्रो नाम कमाएका छन् । अब धनुषलाई हलिउड चलचित्र ‘द ग्रे म्यान’ मा कास्ट गरिएको छ । यस चलचित्र रस्को ब्रदर्सको निर्देशन गर्न लागेका हुन्, जसले एभेन्जर्स एन्डगेम पनि निर्माण गरेका थिए ।
यस चलचित्रमा धनुष, क्रिस इवांस, रायन गाँसलिंग र अना दे अर्मसजस्ता हलिउड स्टारसँग काम गर्दै छन् । ठूलो बजेटको यस हलिउड चलचित्रमा धनुषको नाम पक्का भएको बताइएको छ । २०० मिलयन डलर बजेटमा बन्न लागेको ‘द ग्रे म्यान’ एक स्पाई थ्रिलर चलचित्र हुने छ । यो मार्क ग्रिनीको सन् २००९ मा यही नामबाट आएको उपन्यासमा आधारित रहनेछ ।
चलचित्रको कथा कुनै बेला सीआईएका लागि काम गर्ने एक प्रोफेसनल हत्याराको हो । चलचित्रको छायांकन यही जनवरीबाट लस एन्जलसमा सुरु गरिनेछ । यो अभिनेताको दोस्रो हलिउड चलचित्र हो । यसअघि उनी ‘द एक्सट्रा आर्डिनरी जर्नी अफ द फकिर’ मा पनि अभिनय गरिसकेका छन् । सन् २०१८ मा रिलिज भएको यस चलचित्रलाई समीक्षहरुबाट राम्रो प्रतिक्रिया मिलेको थियो ।
बलिउडमा पनि उत्तिकै सक्रिय धनुष आगामी वर्ष रिलिज हुने चलचित्र ‘अतरंगी रे’ बाट पुन बलिउडमा देखिँदै छन् । यसमा उनी अभिनेता अक्षय कुमार र अभिनेत्री सारा अली खानसँग देखिँदै छन् । -नवभारत टाइम्स