मुम्बई । पिपल अफ द इथिकल ट्रिटमेन्ट अफ एनिमेल्स (पेटा) इन्डियाले सोनु सुद र श्रद्धा कपुरलाई लोकप्रिय (हटेस्ट) शाकाहारीको उपाधि दिएको छ । यसअघि, अभिनेता जोन अब्राहमलाई ‘पर्सन अफ द इयर’ उपाधि दिएको थियो ।
पेटाको आधिकारिक वेबसाइटका अनुसार अभिनेता सुद प्रो–भेजिटेरियन अभियानमा देखा परे । उनी ‘हग अ भेजिटेरियन’ अभियानमा सहभागी हुँदै सामाजिक सञ्जालको म्याकडोनाल्डसलाई म्याकभेगन बर्गर मेनुमा थप्नुपर्ने अभियानमा पनि समर्थन जनाइरहेका थिए । जनावर प्रेमी उनले छोरासँग क्रिकेट खेलिराख्दा घाइते भएको एक परेवालाई पनि बचाएका थिए ।
अभिनेत्री श्रद्धालाई पेटा इन्डियाले सार्वजनिक गरेको कुकबुकले मासु नखान प्रेरित गरेको थियो । त्यसबेलादेखि श्रद्धा शाकाहारी बनेकी हुन् । उनी सामाजिक सञ्जालमार्फत पनि जनावरहरुको लागि बोल्ने मौका कहिल्यै गुमाउँदिनन् ।