• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » लोकगायक प्रेमराजा महतको ‘घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा’
कला

लोकगायक प्रेमराजा महतको ‘घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा’

आयो रैबार डेस्कBy आयो रैबार डेस्क३ पुष २०७७, शुक्रबार १३:१९
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं । वरिष्ठ लोकगायक प्रेमराजा महतको ‘घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा’ गीत सार्वजनिक भएको छ। प्रेमराजा महतको सङ्गीत र शब्द साथै महत र बीमाकुमारी दुराको आवाजमा उक्त गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो।

उक्त म्युजिक भिडियोमा स्वयं महत, शान्ति भण्डारी र कविता महतको अभिनय रहेको छ। नविन केसी र लुना श्रेष्ठको निर्देशन रहेको भिडियोमा दमौली र मानुङका केही दृश्य समावेश गरिएको छ भने बाँकी छायाङ्कन बाल्टिमोरमा गरिएको छ।

मेरिल्याण्ड राज्यका महावाणिज्यदूतसमेत रहनुभएका महतले पछिल्लो समय निकै चर्चामा रहेको मानुङकोटको थप प्रचारप्रसारका लागि आफूले गीत रचना गरेको जानकारी दिए।

गीतमा भनिएको छ:

हिउँको नदी मर्स्याङ्दी तिरैमा

लालीगुराँस लाइदिउँला शिरैमा

घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा

तिम्रो माया छ कलेजोमाथि मुटुको माझैमा

उर्लिआयो मादी र सेती

झन् झन् गहिरो बनायो पिरती

घर छ मेरो दमौली माथि मानुङडाँडैमा

तिम्रो माया छ कलेजोमाथि मुटुको माँझैमा

गायक महतको गीतले मानुङको प्रचारप्रसारका लागि थप टेवा पुग्ने व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए। ‘वरिष्ठ गायकले मानुङको प्रचारप्रसारका लागि गीत निकाल्नुभएको छ, यसले मानुङको प्रवर्द्धनका लागि थप योगदान पुग्छ,’ उनले भने।

पछिल्लो समय मानुङमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल छ। मानुङकोटबाट देखिने सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि देशका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन्। मानुङकोटबाट पाँच हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ। मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ। यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरु प्रष्ट देख्न सकिन्छ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति