काठमाडाैं।चलचित्र ‘हिँड्दा हिँड्दै’ को छायांकन सुरु भएको छ । सोमबार ललितपुरको गोदावरी पुगेर निर्माण पक्षले चलचित्रको छायांकन सुरु गरेको हो ।
छायांकनको पहिलो दिन चलचित्रका मुख्य कलाकाद्वय सलोन बस्नेत र सानिया खानबीचका प्रेमील दृश्य कैद गरिएको छ ।
मिलन आले मगरको निर्देशनमा बन्न लागेको यस चलचित्रमा सलोन बस्नेत र सानियासँगै अभिनेता आकाश श्रेष्ठ, नवअभिनेत्री रेखा शाह, विकास थापामगर, विवेक रामदाम, ममता पौडेललगायतको अभिनय रहनेछ । चलचित्रका प्रस्तुतकर्ता सुशील पंगेनीले चलचित्रको स्कृप्ट तयार गरेका हुन् ।
‘कोहलपुर मोडेल कलेज’ सँगको सहकार्यमा ‘नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट’ ले निर्माण गरेको चलचित्रका निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ छन् । महादेव शाह सह-निर्माता रहेको चलचित्र काठमाडौं र गाइघाटमा खिचिने छ ।
सुमनकुमार तण्डुकारले खिच्ने चलचित्रमा वसन्त सापकोटा र किरण माइकलको संगीत, कविराज गहतराजले कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन रहने छ ।