एजेनसी ।बलिउड अभिनेता शाहरुख खानले कोरोना भाइरस संक्रमणविरुद्धको लडाईंमा सहयोग गरेका छन्।
उनको सहयोगका लागि दिल्ली राज्य सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले धन्यवाद दिएका छन्। जैनका अनुसार शाहरुखले कठिन समयमा दिल्लीका लागि ५ सय रेम्डिसिभिर इन्जेक्सन सहयोग गरेका थिए। शाहरुखको सहयोगले दिल्लीलाई कोरोना विरुद्धको लडाईंमा सहज भएको मन्त्री जैनले ट्वीटरमा उल्लेख गरेका छन्।
शाहरुखले यसअघि पनि महाराष्ट्र कोभिड तीव्र गतिमा फैलिँदा आफ्नै अफिसलाई क्वारेन्टाइन सेन्टर बनाएका थिए। २५ हजार पीपीई किट पनि दान गरेका थिए। सहयोगका लागि महाराष्ट्र सरकारले धन्यवाद दिएको थियो।
शाहरुख आफ्नो मीर फाउण्डेशनमार्फत सामाजिक कार्यमा संलग्न रहँदै आएका छन्।