सुर्खेत । नेपाल सरकार बैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालको दसैँ गित ‘ख्याल ख्यालैमा भैयो बन्धकी’ सार्वजनिक भएको छ ।
सुर्खेत स्थायी घरभइ हाल नेपाल सरकार बैदेशिक रोजगार बोर्डका निर्देशक, प्रकाशन, योजना तथा अनुगमन शाखामा कार्यरत ढकालको शब्द रचनामा उक्त गीत सार्वजनिक भएको हो ।
ढकालको शव्द रहकाे उक्त गीतमा नेपाल आइडलका विजेता करण परियारको स्वर रहेको छ भने विपि वाग्लेको संगित रहेको छ । घरपरिवार छोडेर धन कमाउन परदेशीएका युवाहरुको दशैतिहारमा हुने पीडाको कथा समावेश गरिएको छ ।
गीतमा उमेशजंग ठकुरी, स्मारिका ढकाल, सुरविर पंडित, हुमा भण्डारी, आरोभ ढकाल, आरुसी ढकाललगायत कलाकारहरू फिचर्ड छन्। ओएसआर डिजिटलको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।