• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » टिकटकबाट म्युजिक भिडियोमा उदाएका अनुहारहरू !
कला

टिकटकबाट म्युजिक भिडियोमा उदाएका अनुहारहरू !

आयो रैबार डेस्कBy आयो रैबार डेस्क५ पुष २०७७, आईतवार १४:२८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । नेपालमा पछिल्लो समय टिकटक प्रयोगकर्ता बढेका छन् । हरेक क्षेत्रका व्यक्तिमाझ टिकटक लोकप्रिय छ ।

आमसर्वसाधारण, खेलाडी, कलाकार, राजनीतिज्ञलगायतको यसमा उपस्थिति छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली भित्रिएसँगै चर्चा थप चुलिएको छ ।

सुरक्षाको कारण देखाएर विभिन्न देशहरूले लोकप्रिय चिनियाँ एप टिकटकमा प्रतिबन्ध लगाएका छन् । नेपालमा भने यसको प्रयोग अझ व्यापक भइरहेको छ ।

यसले अवसरको ढोका खोलिदिएका थुप्रै उदाहरण छन् । केही टिकटक प्रयोगकर्ताले म्युजिक भिडियोमा ‘ब्रेक’ पाएका छन् । टिकटकमा १४/१५ सेकेन्डको भिडियो राख्दा पाएको चर्चाले नै अवसरको ढोका खुलेको हो ।

पिन्सी र प्रिज्मा

‘ट्‌विनी गर्ल्स’ नामबाट टिकटकमा लाखौं फलोअर्स कमाएका जुम्ल्याहा दिदीबहिनी जोडी हुन्, प्रिन्सी र प्रिज्मा । यो एपमा भित्रिएको छोटो समयमै उनीहरू धेरै फलोअर्स र लाइक पाउने प्रयोगकर्ता बने ।

उनीहरूको चर्चा टिकटकमा मात्रै सीमित भएन । नेपाली म्युजिक भिडियोमा पनि उनीहरू छाउन थालेका छन् । यी जुम्ल्याहा दिदीबहिनी टिकटकमा जस्तै म्युजिक भिडियोमा पनि सँगै नै देखिन्छन् ।

‘ट्‌विनी गर्ल्स’लाई टिकटकमा हालसम्म ६६ लाखले पछ्याएका छन् । पाँच करोड ८० लाख बढीको लाइक छ ।

उनीहरूले एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । जसमध्ये गायक प्रमोद खरेलको ‘झुमा झुमा’, शिशिर भण्डारीको ‘हाम्रो माया जिन्दावाद’, सागर लम्सालको ‘बाजा बजाउँदै’ र अनिता चलाउनेको ‘यस्तो बनोस् मेरो तिज’लगायत छन् ।

दीपा-दमन्ता

अर्का जुम्ल्याहा दिदीबहिनी दीपा र दमन्ता पनि टिकटकबाटै उदाएका स्टार हुन् । उनीहरू टिकटकमा ‘दीपादमन्ता’ नामबाटै चर्चित छन् ।

टिकटकबाट पाएको लोकप्रियताकै कारण हालै यी दिदीबहिनी नेपालको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टारर्स नेपाल’को पहिलो संस्करणमा छानिएका थिए । भलै, उनीहरू शोको अन्तिम राउन्डसम्म पुग्न सकेनन् । उनीहरूलाई यस शोमा पनि उत्तिकै रुचाइएको थियो ।

म्युजिक भिडियोको हकमा भने ‘अमिलो निम्बु’ र ‘दिल खोलेर भन’ बोलको गरी एकाध गीतमा मात्रै उनीहरू देखिएका छन् । यी जुम्ल्याहा दिदीबहिनीको टिकटक फलोअर्स हालसम्म २५ लाख छन् । चार करोड १८ लाखले लाइक गरेका छन् ।

सुधीर श्रेष्ठ

टिकटकको अर्का चर्चित प्रयोगकर्ता हुन्, सुधीर श्रेष्ठ । श्रीमती रोशनी श्रेष्ठसँगको सहकार्यमा दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठका चलचित्रका गीतमा छोटो प्रस्तुति दिएर उनी चर्चित बनेका हुन् ।

टिकटकको छोटो नृत्य र अभिनयले सुधीरलाई म्युजिक भिडियोमा अवसर मिल्यो । सुधीरले अभिनय गरेका चर्चित म्युजिक भिडियोमा वसन्त सापकोटा र रचना रिमालको ‘सुनन पियारी’, एलिना चौहान र सुवास पुरीको ‘कुरा काट्ने मान्छेले’ छन् ।

उनलाई पाँच लाख ११ हजारले बढीले फलो गरेका छन् । टिकटकमा लाइक भने तीन करोड २३ लाखले गरेका छन् ।

रेश्मा घिमिरे

‘टिकटक क्‍विन’का नामले परिचित रेश्मा घिमिरे पनि म्युजिक भिडियोमा छलाङ मारेकी टिकटक स्टार हुन् । विशेषगरी उनको हाउभाउका कारण उनलाई फलो गर्नेको संख्या धेरै छ ।

सम्भवतः म्युजिक भिडियोमा आएकी उनी पहिलो टिकटक स्टार हुन् । पछिल्लो समय भने म्युजिक भिडियोमा देखिन छाडेकी छिन् ।

कालीप्रसाद बास्कोटाको गीत ‘इन्स्टाको फोटो’बाट म्युजिक भिडियोमा फिर्चड भएकी रेश्माले ‘कल्लाई थाहा छैन’, ‘छमछम पाउजु’, ‘निदाउँ के सपनीमा’, ‘धुतुरी धुतुरी बाजा बजाई’लगायतमा अभिनय गरेकी छिन् ।

टिकटकमा उनलाई १२ लाखले पछ्याएका छन् । उनको जम्मा लाइक दुई करोड ८४ लाख छ ।

मन्जिल बस्‍नेत

म्युजिक भिडियोमा अवसर पाएका कमै पुरुष टिकटक स्टारमध्ये मन्जिल बस्नेतको नाम पनि आउँछ । गोरो वर्ण र मीठो हाँसोका साथ अनुहारको हाउभाउले मन्जिलले टिकटकमा थुप्रै फिमेल फ्यानहरू कमाएका छन् ।

मन्जिल नामबाट टिकटकमा सक्रिय उनलाई दुई लाख ६३ हजार बढीले पछ्याएका छन् । ६ हजार ३०० ले लाइक गरेका छन् ।

टिकटकबाट आम्दानी
टिकटक सन् २०१६ मा सुरु भएको म्युजिकल्ली नामको एपको विस्तारित फर्म हो । यो नेपालमा मात्रै नभई अन्य मुलुकमा पनि त्यत्तिकै लोकप्रिय छ ।

सुरुवातमा युवावर्ग माझ मात्रै परिचित यो एप अहिले विभिन्‍न उमेर समूहका सामाजिक सन्जाल प्रयोगकर्ताहरूबीच पनि चर्चित छ । टिकटक प्रयोगकर्ताहरू टिकटकमा बनाएका आफ्ना भिडियोहरू फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सन्जालमा पनि सेयर गर्ने गर्छन् ।

पहिले नै भएको भिडियोमा ‘लिप सिङ’ मात्रै गर्नुपर्ने सुविधाका कारण पनि यसमा प्रयोगकर्ताहरू आकर्षित भएका हुन् । स्पेसल इफेक्ट्स र फिल्टर पनि यसको विशेष फिचर हो ।

सन् २०१९ को एक अध्ययनानुसार विभिन्न माध्यममार्फत यो एप ७३८ मिलियनपटक डाउनलोड गरिएको थियो ।

विगत केही महिनायता अमेरिका, बेलायत, स्पेन, फ्रान्स, जर्मनी र इटालीमा रहेका टिकटक प्रयोगकर्ताहरूलाई टिकटकले पैसा दिन थालेको छ । यसका लागि प्रयोगकर्ता १८ वर्षभन्दा माथिको हुनुपर्नेछ । साथै, उसलाई १० हजारले पछ्याएको हुनुपर्नेछ र एक महिनाभित्र हालेको उसको भिडियो १० हजारले हेरेको हुनुपर्नेछ । टिकटक अकाउन्ट टिकटक क्रियटर अकाउन्टका रुपमा स्वीकृत भएको पनि हुनुपर्नेछ ।

नेपालमा भएका प्रयोगकर्ताहरूलाई भने यो सुविधाको व्यवस्था भइसकेको छैन । तर, टिकटकमा लाइभ आएबापत भ्युअर्सहरूले स्वेच्छाले पठाएको (क्‍वाइन) का आधारमा भने केहीले थोरै आम्दानी गरेका छन् ।बाह्रखरी
 

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

एक केजीको बच्चा हुर्काउन संघर्षरत कर्णालीका आमाको कथा बोल्ने ‘शून्यको मूल्य’

१९ पुष २०७९, मंगलवार ०३:०४

मार्क ट्राभिसको ‘डाइरेक्टिङ फिचर फिल्मस’को नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक

१८ पुष २०७९, सोमबार ०१:३४

गायक राजु लामाको गीत ‘गोरी न गोरी’ सार्वजनिक

१२ पुष २०७९, मंगलवार ०९:०६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति