काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण भएकाे बताएका छन । फेरि सरकार बनाउने खेल शुरु भएको भन्दै उनले पुरानै कुरा दोहोर्याउनु अनि नयाँ परिणाम खोज्नु पागलपन भएकाे बताएका हुन ।
उपचारको शिलशिलामा भारतको नयाँदिल्लीमा रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्ः ‘आइन्सटाइन भन्थे-पुरानै कुरा दोहोर्याउनु अनि नयाॅ परिणाम खोज्नु पागलपन हो!संसद पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ! सबैले आत्मसमीक्षा गर्ने कि?’