काठमाडौं । बरिष्ठ सौन्दर्यविद सुष्मा महरा सञ्चालक रहेको फेसियल हाउसले सेवा विस्तार गर्ने भएको छ । फेसियल हाउसको पाँचौं शाखा सुर्खेतमा खुल्ने भएको छ । वीरेन्द्रनगर ६ लक्ष्मीहल लाइनमा खुल्ने शाखा दसैं अगाडिबाटै सञ्चालनमा आउने महराले आर्थिक आवाजलाई जानकारी दिइन् ।
अन्य शाखाबाट पाउने जस्तै सम्पूर्ण सेवा सुर्खेत शाखाबाट त्यस क्षेत्रका सेवाग्राहीले प्राप्त गर्नेछन् । फेसियल हाउसको मुख्य शाखा काठमाडौं मलमा रहेको छ भने अन्य शाखाहरु सिटिसी महल, चावहिल गणेशस्थान र पोखरामा छन् ।
फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरु प्रयोग गर्ने फेसियल हाउसले चायापोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको महराले जानकारी दिइन् । ‘सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरु हामीले उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् ।
नेपालको नम्बर वान व्युटिसैलुनको अवार्ड पाइसकेको फेसियल हाउस स्थापनाको १३ वर्ष पुरा भइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेको बताउँदै महराले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा आग्रह गरेकी छन् ।
‘फेसियल हाउसको नामको अगाडि वा पछाडि नाम जोडेर कपी गर्ने क्रम पनि बढेको छ,’ उनले भनिन्, ‘फेसियल हाउस मात्रै लेखेको मात्रै हेर्नुहोस् । जहाँ मेरो (सुस्मा महरा) फोटो समेत देख्न सकिन्छ