एजेन्सी । अहिले खानपानमा र शारीरिक व्यायममा ध्यान नपुग्दा व्यक्तिहरुमा विभिन्न स्वास्थ्य समस्याहरु देखिइरहेका हुन्छन् । महिला तथा पुरुष दुबैमा अहिले पत्थरीको समस्या विकराल बन्दै गएको छ । तर, सामान्य कुराहरुमा ध्यान पुर्याउन सके पत्थरीबाट छुट्कारा पाउन सकिन्छ ।
यसैबीच विज्ञहरुले एक अध्ययनमार्फत नियमित सेक्सले महिलाहरुलाई मिर्गौलाको पत्थरीको समस्याबाट मुक्त गर्न सक्ने तथ्य पत्ता लागेको बताएका छन् । अध्ययनकाअनुसार तीनदेखि ४ हप्तासम्मको नियमित सेक्सले महिलाको किडनीमा रहेको पत्थरीको समस्यालाई पूर्णरूपमा हटाउँछ र पत्थरी सजिलै शरीरबाट बाहिर जान्छ ।
बिरामीहरूले किडनीमा रहेको पत्थरीको उपचारका लागि अस्पतालमा गएर शल्यक्रिया पनि गर्नुपर्दछ । तर, अब सेक्स र अर्गाज्मको कारण शरीरबाट बाहिर निस्कने केमिकल पदार्थमा पत्थरी पनि बाहिर आउने अध्ययनलाई उधृत गर्दै विज्ञहरुले बताएका छन् ।
उक्त अध्ययनमा ७० जना त्यस्ता महिलालाई सामेल गरिएको थियो, जो किडनीको पत्थरीको समस्यासँग संघर्ष गरिरहेका थिए । यी मध्ये ५० प्रतिशत महिलालाई एक महिनाको लागि हप्तामा ३ देखि ४ पटक यौन सम्पर्क राख्न आग्रह गरिएको थियो । बाँकी महिलाहरूलाई यस अवधिमा यौन सम्पर्कबाट टाढा रहन भनियो ।
दुई हप्ता पछि, नियमित सेक्स गरिरहेका ८० प्रतिशत महिलाहरुमा किडनीमा रहेको पत्थरीको समस्या निको भइसकेको थियो । सोही समयमा, यौन सम्बन्धबाट टाढा रहेका ५१ प्रतिशत महिलाहरू मात्र निको भए ।
यो अध्ययन टर्कीको अवरश्य विश्वविद्यालयले गरेको हो । अध्ययनको विस्तृत रिपोर्ट अन्तर्राष्ट्रिय युरोलोजी र नेफ्रोलोजी जर्नलमा प्रकाशित भएको छ । यसअघि भएका विभिन्न अध्ययनले हप्ता ३ देखि ४ पटक सेक्स गर्ने पुरुषमा पनि पत्थरीको समस्या नरहने पत्ता लागेको थियो ।