काठमाडौं । धेरै मानिसहरूलाई सुत्ने बेलामा घुर्ने बानी हुन्छ । कहिलेकाँही यी आवाज यति चर्को हुन्छ कि निदाइरहेका व्यक्तिहरू पनि विचलित हुन्छन् । निन्द्रामा घेर्ने बानीले कहिलेकाँही गम्भीर समस्यालाई जनाउँछ । निन्द्रामा घुर्ने बानीलाई केही सामान्य तरिका अपनाएर सजिलो तरिकामा पार गर्न सकिन्छ ।
किन घुर्छन् निन्द्रामा ?
घुर्ने समयमा एक कर्कश आवाज सुनिन्छ । जब सास फेर्दा हावाको प्रवाहले घाँटीमा रहेको टिश्युहरूमा कम्पन पैदा गर्दछ, अनि मानिसले घुर्छन् । गहिरो निद्रामा रहेका बेला मुख, जिब्रो र घाँटीका मांसपेशीहरूले आराम पाउँछन् । यस समयमा, घाँटीमा हुने प्रभावले आंशिक रूपमा वायुमार्ग रोक्दछन् र यसले कम्पनहरू निम्त्याउँछ ।

जति साँघुरो वायुमार्ग हुन्छ, हावाको बहाव त्यतीनै छिटो हुने गर्दछ । जसले कम्पनलाई बढाउँदछ र चर्को घुराइको आवाज आउँछ । निन्द्रामा घुर्नुका धेरै कारणहरु हुन सक्छ । जस्तैः साइनस समस्या, अत्यधिक मदिरा सेवन, एलर्जी, चिसो वा मोटोपना । यो अब्स्ट्रक्टिभ स्लिप एपनिया भन्ने विकारसँग पनि सम्बन्धित छ ।
सुत्ने आसन बदल्ने
शरीरको बराबर सिरानी राखेर निदाउँदा घुर्ने समस्या कम हुन्छ, किनकि यसले शरीरको सन्तुलन एकातिर राख्छ । टाउको माथि उठेको अवस्थामा पनि घुर्ने समस्या कम हुनसक्छ । किनकि, यसले नाकमा हावाको आगमनलाई सहज बनाउँछ । यद्यपि यसले घाँटीको दुखाइ पनि निम्त्याउन सक्छ ।

वजन कम गर्नु
वजन घटाउनुले केही व्यक्तिलाई घुर्ने समस्या कम गर्न मद्दत गर्न सक्छ । यद्यपि यो सबैको लागि लागू हुँदैन । केही पातलो मानिसहरु पनि घुर्छन् । घाँटी वरिपरि बोसो बढेको कारण पनि घुर्ने भएकाले वजन घटाउँदा समस्या कम हुनसक्दछ ।

मदिरा नपिउने
रक्सीले घाँटीका मांसपेशीहरूलाई संकुचित गर्दछ जसको कारण घुर्ने समस्या सुरु हुन्छ । विज्ञहरू भन्छन् कि सुत्ने बेलाभन्दा चारदेखि पाँच घण्टा अघिसम्म रक्सी पिउँदा घुर्ने सम्भावना बढ्छ ।

सुत्ने बानी
समयमा नसुत्ने कारण पनि घुर्ने समस्या बढ्छ । जब तपाईँ लामो समयको लागि जागेर निदाउदा शरीर पूर्णरूपमा थाकेको हुन्छ र निद्रा पनि गहिरो हुन्छ । यस अवस्थामा पनि मांसपेशिहरु संकुचित हुन्छन् र घुर्ने सम्भावना हुन्छ ।
सिरानी परिवर्तन
कहिलेकाँही सिरानीको एलर्जीको कारणले पनि मानिस घुर्छन् । सिरानीमा जम्मा भएका धुलो कणहरूमा एलर्जीको कारण घुर्ने समस्या हुनसक्छ । त्यसैले सिरानीलाई सफा राख्नुपर्दछ र समय समयमा परिवर्तन गर्नुपर्दछ ।

हाइड्रेटेड रहने
अधिक मात्रामा तरल पदार्थ पिउन पनि यो समस्याको समाधान हुनसक्छ । डिहाइड्रेसनको कारण नाक र तालुमा समस्या हुन्छ, जसका कारण घुर्ने समस्या हुन्छ । यसलाई पार गर्न प्रशस्त पानी पिउने र तरल आहारको मात्रा बढाउनु पर्दछ ।