• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » उच्च रक्तचाप : यो अवस्थामा बन्न सक्छ खतरा
जीवनशैली

उच्च रक्तचाप : यो अवस्थामा बन्न सक्छ खतरा

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२७ मंसिर २०७७, शनिबार ०४:३७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

एजेन्सी ।शरीरका रक्तनलीहरूमा रगतको चाप बढी हुनु नै उच्च रक्तचाप हो । नलीहरूमा रगतको वेग सामान्यभन्दा बढी हुनु नै उच्च रक्तचाप हो । यसले शरीरका जुनकुनै अंगमा हानि पु-याउन सक्छ ।

मस्तिष्कघात, पक्षघात, हर्टअट्याक, मिर्गौला ड्यामेजजस्ता समस्या उच्च रक्तचापका कारण हुन सक्छ । त्यसैले रक्तचाप जहिल्यै नियन्त्रणमा राख्नुपर्छ ।

उच्च रक्तचापका असर

–उच्च रक्तचापले दिमागभित्रका रक्तनली पनि फुट्न सक्छन् । दिमागका रक्तनली फुटे मस्तिस्कघात, पक्षघात हुन्छ ।

–उच्च रक्तचापले विभिन्न समस्या निम्त्याउँछ । यो अवस्थामा रक्तनलीहरू आवश्यकताभन्दा बढी तन्किन गई फुट्न सक्छन् ।

–उच्च रक्तचापले मुटुको रक्तनली पनि फुटाइदिन्छ । रक्तनली फुट्दा हृदयाघात हुन्छ ।

–रक्तचाप उच्च हुँदा आँखाको रक्तनली फुटेर अन्धोपन गराइदिन सक्छ । यस्तै, मिर्गौलाको रक्तनली फुटे मिर्गौला फेल हुन्छ ।

कुन अवस्थामा बढी खतरा ?

उच्च रक्तचापको समस्या भएका मानिसमा जुनसुकै समय रक्तनलीहरू फुट्न सक्छन् ।

विशेषगरी, मानसिक तनाव भएको वेला, धेरै खुसी वा दुुःखी भएको वेला, धेरै शारीरिक श्रम गरेको वेला तथा अत्यधिक मद्यपान वा धूमपान गरेका वेला रक्तनलीहरू फुट्ने खतरा बढी रहन्छ ।

धेरै चिसो हावामा हिँडेको वेला पनि रक्तचाप बढ्न गई रक्तनली फुट्न सक्छ । यी अवस्थामा मानिसको मृत्युसमेत हुन सक्छ ।

कसरी नियन्त्रण गर्ने ?

उच्च रक्तचाप हुन नदिन र भइसकेको अवस्थामा पनि उपचार र जीवनशैली परिवर्तन गर्न सके खतराबाट धेरै हदसम्म बच्न सकिन्छ । तनावपूर्ण दैनिकी उच्च रक्तचापको एउटा मुख्य कारण हो ।

सहरीकरणले जन्माएको उच्च आकांक्षा, व्यस्तता, प्रतिस्पर्धा, इर्स्या, अभाव र कार्यबोझले मानिसलाई तनावग्रस्त बनाएको छ । त्यसैले यस्ता तनावबाट मुक्त हुन कोसिस गर्नुपर्छ ।

स्वच्छ हावामा गरिने नियमित शारीरिक व्यायामले तनाव कम गर्न सकिन्छ । साथै, चिकित्सकको सल्लाहमा गरिने ध्यान, प्राणायाम, योगले पनि तनाव कम गर्न सहयोग गर्छ ।

नुनिलो, चिल्लो, गुलियो र मसलेदार खानाबाट टाढै रहनु राम्रो हुन्छ । सामान्य खानपानले उच्च रक्तचापलाई धेरै हदसम्म नियन्त्रण गर्न सक्छ ।

मोटोपन पनि उच्च रक्तचापको एउटा प्रमुख कारण हो । दैनिक ४५ मिनेटजति हिँड्दा वा जुनसुकै किसिमका व्यायाम गर्दा उच्च रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।

मदिरापान नगर्नु वा ज्यादै कम मात्र गर्नु, धूमपान त्याग्नु पनि उच्च रक्तचाप नियन्त्रणका महत्वपूर्ण उपाय हुन् ।

उच्च रक्तचापले शरीरका अन्य महत्वपूर्ण अंगलाई पनि निकै छिटो क्षति पु¥याउने भएकाले समस्या भइसकेका व्यक्तिले नियमित औषधि सेवन गर्नुपर्छ ।

उच्च रक्तचापका लक्षण देखिए मुटुरोग विशेषज्ञलाई देखाउनु राम्रो हुन्छ । तर, तत्काल मुटुरोग विशेषज्ञ उपलब्ध नभए जनरल फिजिसियनसँग पनि उपचार गराउन सकिन्छ ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

एसिडिटीकाे समस्या छ ? यी हुन् बच्ने उपाय

१९ पुष २०७९, मंगलवार ०३:०८

कोलेस्ट्रोल कम गर्न के खाने?

१४ पुष २०७९, बिहीबार ०३:४०

‘१३ वर्षिया इरीनालाई किड क्वीन नेपाल २०२२’ को उपाधि 

३१ आश्विन २०७९, सोमबार १७:१९

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति