पुरुष वा महिलाले रक्सीको कुलतमा फँसेपछि परिवार कसरी नष्ट हुन्छ भन्ने कुरा मैले धेरै देखेकी छु।
रक्सी खाने मानिसले गर्दा पाएर त्यो मानिस त छिटै मरिदिए पनि हुन्थ्यो भन्ने पनि परिवारका मानिसको इच्छा हुन्छ।·नेपालका पत्रपत्रिकामा रक्सीको बारेमा चर्चा र छलफल हुँदा लेखक, कलाकार, पत्रकार, नायक, कवि आदिले मजासँग रक्सी खाएपछि मात्र लेख्न सक्छन् भन्ने भान पर्ने अन्तरवार्ता छापिन्छ, रक्सीलाई मन मस्तिष्क तीव्र पर्ने वस्तु जस्तो देखाइन्छ र पाठकलाई के भान पर्न जान्छ भने रक्सी खानु त खासै नराम्रो होइन रहेछ तर रक्सी सेवनले समयभन्दा अघि नै मृत्युको मुखमा गएका क वि , लेखक , कलाकार आदिको रक्सी पिउने बानी र त्यसले जीवनमा परेको नराम्रो असरबारे प्रायः कोही बोल्न चाहँदैन।
‘पोलिटिकली इन्करेक्ट’ भइएला कि भनेररक्सी खाने चलन भएका ठाउमा त पेट बोकेकी महिला , सुत्केरी महिलाले रक्सी खाएर उस्को शिशुको स्वास्थ्यमा समसा पर्ने कुरा बिज्ञानले भनेको छ।
यस्तो बच्चाहरुको नयाँ कुरा सिक्न समस्या पर्ने पनि देखिएको छ ।यसलाइ “fetal alcohol syndrome “ भनिन्छ । केही चिकित्सकहरुले दिनमा एक पेग रक्सी खानु त स्वास्थ्यका लागि फाइदा गर्छ भनेपछि त धेरै मानिसहरुलाई निउँ नै भएको छ। युवा पिँढीले “हामीले रक्सी खाएको के पो नराम्रो हुन्छ र” भन्ने मानसिकताबाट प्रेरित हुन्छन् । वास्तवमा रक्सीले कतिको जीवन, स्वास्थ, पैसा खराब गरिरहेको छ भनेर बुझ्न धेरै टाढा जानु पर्दैन।नेपालका एक प्रसिद्ध कविले रक्सी खाने बानीले गर्दा स्रोताहरुलाई कविता सुनाउँदासुनाउँदै निदाएका थिए रे!
‘विराटनगरमा मैले एक कवि गोष्ठीमा ती कविलाई बोलाएको थिए। प्रसिद्ध कविको कविता सुन्न स्रोताहरु लालायित थिए तर ती कविले अघिल्लो रात रक्सी बेस्कन खाएर बान्ता गरी ढिलो सुतेका रहेका रहेछन्। बिहानीपख जबर्जस्ती उठाएर उनलाई कवि गोष्ठीमा त ल्याइयो तर गोष्ठीमा बसेपछि अरु कविले कविता सुनाउँदा उनी सोफामा नै लमतन्न परेर घुर्न थाले। उनले कसरी कविता भन्नु? उनलाई उठाएर पुनः होटेलमा नै पुर्याइदियौँ। उनी सुति नै रहे। ती कवि नेपालमा प्रसिद्ध छन्। मानिस पनि भलादमी नै छन्। रक्सी खाएपछि उनको कविपन नै हराउँछ,’
बैंकमा कार्यरत एक जना व्यक्तिले मलाई सुनाएका थिए।फिल्मी प्रेम प्रसंग सफल नभएपछि रक्सी खाएका देख्दा लाग्छ, मानौँ रक्सी पिउनु खासै नराम्रो कुरा होइन। कुनै दुःख परे वा खुसी भए रक्सी पिउने प्रचलन फिल्म वा टेलिफिल्ममा देखाउँदा यस्तो लाग्छ, मानौँ रक्सी नभए त जीवन नै चल्दैन।
भारतका प्रसिद्ध सिने कलाकार गुरु दत्त पनि असाध्य रक्सी पिउँथे। वहिदा रहमानसँग उनको असफल प्रेमका कारण उनले रक्सी पिउन थालेको कुरा हामी सानो छँदा सुन्थ्यौँ। सिने प्रत्रिकामा पढथ्यौँ। पछि उनले पनि आत्महत्या गरे। सानो छँदा सुन्ने यस्ता कुराले मलाई खासै छुँदैनथ्यो तर अहिले लाग्छ कतै उनी पनि डिप्रेसनको सिकार थिए कि? वा रक्सी खाएर उनलाई डिप्रेसन भएको थियो कि?
प्रसिद्ध मानसिक रोग विशेषज्ञले रक्सीबारे भनेका छन्, ‘सामान्य दैनिक जीवनमा रक्सी कुनै पनि दृष्टिले लाभदायक छैन र हानिकारक नै हो। यसले कवि, कलाकार, नेतालगायत सर्वसाधारणलाई रक्सीले असर पारेको छ र अझ कति व्यक्ति र परिवारलाई यसले बेहाल बनाएको छ। कतिलाई त रक्सीले यौन शक्ति बढाउँछ भन्ने भ्रम पनि हुन्छ। रक्सीले त शारीरिक र मानसिक क्रियालाई दबाउँछ। संवेदनशील मानसिक क्रिया, आत्ममूल्याङ्कन, सतर्कता र संयम पनि दबिन्छन् र परिणामस्वरुप विवेकद्वारा नियन्त्रित बानीको सट्टा उत्तेजना, आक्रमक स्वभाव, उत्ताउलोपन सतहमा ल्याउँछ। रक्सी खाएको व्यक्तिले लाज, डर वा खतरा महसुस नगर्ने हुन्छन्।
’रक्सी खाएर अति योग्य कलाकारहरुले सम्पूर्ण जीवन नष्ट पारेका घटना छताछुल्ल छन्। छारे रोग लागेको मानिसले रक्सी खाएर बेहोस भएर जीवन नै सिद्धिएको घटना गाउँघरमा पर्याप्त पाइन्छन्। केही समय मानिसले रक्सी खान्छ तर पछि रक्सीले मानिसलाई खान्छ। जीवन रक्सीलाई अर्पण गर्ने कि जिउने यो त प्रत्येक व्यक्तिको हातमा छ ।