चिसो मौसमको सुरुवातसँगै अधिकांशलाई रुघाखोकी, ज्वरो, चिसोको समस्याले सताउने गर्छ । चिसो मौसममा वातावरण सुक्खा हुने, धुवाँधुलो र प्रदूषण बढ्ने, भाइरस तथा ब्याक्टेरियाहरू लामो समयसम्म बाँच्न सक्ने आदि कारणले चिसोमा संक्रमणको जोखिम तुलनात्मक रूपमा बढी हुने गर्छ ।
चिसो मौसममा साइनस (पिनास) संक्रमण पनि मुख्य समस्याका रूपमा देखिने गरेको पाइन्छ । सामान्यतया चिसो लाग्नु, अन्य फ्लु, साइनस संक्रमणका लक्षणहरू उस्ताउस्तै हुने हँुदा छुट्याउन गाह्रो हुन्छ । २ देखि ६ प्रतिशत साइनस संक्रमण चिसोका कारण हुने गर्छ जुन एन्टिबायोटिकको प्रयोगबाट मात्रै निको हुन्छ ।
साइनस इन्फेक्सन
साइनस अर्थात् पिनास नाकको भित्री भागमा रहेको खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पु¥याउने समस्या हो । जसलाई साइनोसाइटिस पनि भनिन्छ । यो साइनसहरू सुन्निएर हुने समस्या हो । साइनस भन्नाले अनुहारको हाडहरूमा हुने हावा भरिएका खाली भागहरू हुन् । जो साना प्वालहरू, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास नलीसँग जोडिएका हुन्छन् । जब रुघाखोकी र एलर्जी हुन्छ साइनसमा फोहोर भरिन्छ । त्यहाँका पातला झिल्लीबाट बनेका तहहरू सुन्निन्छ । फलस्वरूप ब्याक्टेरिया र भाइरसहरू उत्पन्न भई संक्रमण हुन्छ । पटकपटक संक्रमण हुँदा पिनासको समस्या निम्तिन्छ । चिसो मौसममा अधिकांशमा साइनसको समस्या देखिने गर्छ । सामान्यतया भाइरसको संक्रमणबाट साइनस संक्रमण हुने भए पनि कतिपय अवस्थामा ब्याक्टेरियाका कारण पनि हुन सक्छ । साइनस संक्रमण हँुदा टाउको र अनुहारका अंगहरू दुख्ने गर्छन् । भाइरसको संक्रमणबाट चिसो वा रुघाखोकी भएमा साइनसको सम्भावना पनि हुने गर्छ । संक्रमण हँुदा नाकबाट पानी बग्ने, टाउको दुख्ने र थकान महसुस हुने हुन्छ ।
चिसो लाग्नु
सामान्य चिसो लागेमा आँखाबाट आँसु आइरहने, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने र सामान्य ज्वरो आउने हुन्छ । जुन एक–दुई दिनमा आफैँ ठीक भएर जान्छन् । तर, साइनस संक्रमण हँुदा लामो समयसम्म रहने र ज्वरो आउने हुन्छ । यसबाहेक अनुहार दुख्ने वा दबाब महसुस हुने र श्वास गन्हाउनेजस्ता लक्षण देखिन्छन् । अधिकांशमा साइनस संक्रमण हँुदा नाक रातो हुने हुन्छ । रुघाखोकी वा चिसोको समस्या हँुदा साइनस संक्रमण सबै व्यक्तिमा हँुदैन, तर नाकको पोलिप्स, एलर्जीको समस्या भएका व्यक्तिहरूमा साइनस संक्रमणको जोखिम रहन्छ ।
कसरी बच्ने ?
चिसो र साइनस इन्फेक्सनबाट बच्नका लागि सामान्य हेरचाह आवश्यक हुन्छ । जस्तै, चिसो मौसममा तातो झोल पदार्थ प्रशस्त पिउने, तातो र न्यानो खानेकुराहरू खाने, चिसोबाट बच्ने, मास्कको प्रयोग गर्ने, पिनासका लक्षण देखिए दूधजन्य खानेकुराहरू नखाने, चिल्लोको प्रयोग कम गर्ने, व्यायाम गर्ने र लक्षणहरू देखिएमा सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । साइनस इन्फेक्सन सामान्यतया १४ दिनसम्म रहन सक्छ । सिडिसीका अनुसार करिब ७० प्रतिशत संक्रमण आफँै निको हुन्छन् । तर, पछिल्लो समय कोभिडका लक्षणहरूसमेत समान हुँदा समयमै स्वास्थ्य जाँच गरी एन्टिबायोटिकको प्रयोग गर्नु उपयुक्त हुन्छ ।