• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » आहा ! रारा​
कर्णाली

आहा ! रारा​

By १५ कार्तिक २०७७, शनिबार ०३:३७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत। नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए ।

राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्व बढ्दै गएको पुरानो किम्बदन्ती छ । समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेको छ ।

उपयुक्त मौसम

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा यो समय घुम्नका लागि उपयुक्त मौसम मानिन्छ।मुर्माटपसम्म पुगेर रारा ताल तथा रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले पनि यो मौसम रारा भ्रमणका लागि उपयुक्त समय मानिएको हो। 

नेपालकै सबैभन्दा ठुलो तालका रुपमा परिचित रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्रका रुपमा हेरिन्छ। अन्य प्रदेशका हिसाबमा कर्णाली प्रदेश प्राकृतिक स्रोत साधनले भरी पुर्ण तथा धनी छ। 

यतिखेर देश, विदेशीको नजरमा रारा छ, तर कोराना भाईरस कोभिड १९ का कारण देश तथा विदेशका आन्तरिक तथा बाह्य पर्यटक रारा पुग्न सकेका छैनन्। तर कोरानाको कारण सुनसान रारामा बन्दाबन्दी खुलेसँगै तालमा रमाउन यतिबेला आन्तरिक पर्यटकको चहलपहल पनि केही बढ्दै गइरहेको छ। 

कोरोनाका कारण ६ महिना सम्म सुनसान भएको रारामा पछिल्लो पटक रारा घुम्न आउने पर्यटकको चहलपहल देखिन्छ। रारा पुग्दैमा सबै मनोरम दृश्य देख्न पाइँदैन त्यसका लागी रारा ताल बाट १ घण्टा  उकालो चढी मुर्माटपमा जानु पर्दछ। राराको मनोरम दृश्यसँगै कान्जिरोवा हिमाल, सिस्ने सैपाल हिमाल लगायत कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका मनोरम दृश्य मज्जाले  नियाल्न पाइन्छ।

रङ्ग फेर्छ रारा
​राराले एक दिनमा निकै चोटी रङ्ग फेर्छ। कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो। मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छायाँ। अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तो देखिन्छ।

कोरानाको कहरकै बीच रारा घुम्न आएका राम उपाध्यायले पनि यस्तै अनुभव सुनाए। रारा पुगेर मात्र राराको सौन्दर्य थाहा नहुने रहेछ साच्चै स्वर्गको आनन्द लिन रारा रारा तालको दृश्यावलोकनका लागी मुर्माटप पुग्नै पर्ने र मुर्माटपमा पुगिसकेपछि चरम सुख स्वर्गीय आनन्द मिल्ने  उपाध्यायको भनाइ छ। 

पर्यटकहरु रारा सम्मको लक्ष्य लिएर मात्र आउने गर्दछन्। रारा आई सकेका पर्यटकले एक पटक रारासँग रमाउन मुर्माटप जानै पर्ने र राराको चित्रण गर्न यहाँका नागरिकहरुको अनुरोध छ।

समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ १६७ मिटर रहेको छ। यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत जलचर र ३०० प्रजातिका चरा पाइन्छन्। यस्तै, यस क्षेत्रमा कस्तूरी, रेड पाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ ।

कसरी जाने रारा
रारा जान अहिले हवाई तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । आफ्नो सवारीमा सबैभन्दा बढीले अहिले मोटरसाइकल प्रयोग गर्ने गरेका छन् ।

हवाई मार्गबाट जादाँ भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिडेपछि रारा ताल पुगिन्छ । रारा सार्वजनिक सवारी प्रयोग गरेर पनि जान सक्ने भइसको छ । केही वर्ष अगाडीसम्म सुर्खेतबाट हिडेर १० दिनमा रारा पुगिन्थो ।

तर, अहिले रारा जान १० दिन हिड्न पर्ने अवस्था छैन । सार्वजनिक सवारीमा जानेका लागि काठमाडौंबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जाँन्छ ।

काठमाडौंबाट हिडेको करिब ३० देखि ३२ घन्टामा बसबाट जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ । जुम्लासदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन । सवारीमै जानेहरुले साना गाडी रिर्जव गर्नुपर्छ । तर, खलंगबाट सिन्जा उपत्याका हुँदै मुगु सदरमुकाम गमगडी जाने बस पाइन्छ । गमगडीबाट हिडेर चार पाँच घन्टाका रारा पुग्न सकिन्छ ।

खलंगाबाट जान आउनको २५ हजार रुपैयाँ गाडीले लिन्छ । तर, जुम्लाबाट हिडेर नै रारा जानका लागि दुई दिनको समय लाग्छ । यसबाहे पनि नेपालगञ्ज तथा सुर्खेतको विरेन्द्र नगरबाट पनि गाडी रिर्जब गरेर रारा ताल पुग्न सकिन्छ ।

सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्गहुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरबाट रारा तालको छेवैमा पुग्न सकिन्छ ।

त्यसका पनि फोरहव्हील गाडीमा सजिलै रारा ताल पुग्न सकिन्छ । हवाई मार्गबाट रारा पुग्ने भने दुई वटा विमानस्थल प्रयोग गर्न सकिन्छ । बाँकेको नेपालगञ्जस्थित राजा विमानस्थलबाट र सुर्खेतबाट मुगुको ताल्चासम्मका लागि उडान भरिएको हुन्छ ।

ताल्चा विमानस्थलमा उत्रिएपछि केही घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ । तर, काठमाडौंबाट नै हवाई यात्रा गर्नेहो भने दुई दिनमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट विहानको उडानमा नेपालगज्ज जाने । नेपालगज्जबाट फेरि ताल्चा विमानस्थल जान सकिन्छ ।

ताल्चाबाट भने दुई घन्टामा रारा पुग्न सकिन्छ । राराताल पुरै एक फन्को लगाएर एक रात राराका बसरे पनि भोलिपल्ट सहजै हवाई मार्गबाट काठमाडौं आइपुग्न सकिन्छ । हवाई मार्गले रारालाई नजिकै बनाइदिएको छ । तर, कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड तथा पाटन हर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन ।

रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सुदरमुकाम पुग्नु पर्छ । तर, जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घन्टाको हिडाइमा डाँफेलेक पुग्न सकिन्छ । डाँफे लेक पुग्दा बीचमा पानी खान पाइने ठाउँ छैन । आफैले पानी बोक्नु पर्छ ।

डाँफे लेकबाट जुम्लाको ठूला ठूला पाटन देख्न सकिन्छ । पाटनमा भेडा चरेको मनोरम दृष्यले खुट्टा दुखेको अनुभव नै हुँदैन । डाँफे लेकबाट करिब एक घन्टाको हिडाइमा जुम्लाको खालीचौर पाटन पुग्न सकिन्छ । जहाँ चिया नास्ताको लागि एक दुई वटा होटल मात्रै छ । जहाँ जडबुटी मसला चियाको स्वादमा चिया खान पाइन्छ ।

खालीचौरबाट बिस्तारै हिड्दै हिड्दै काभ्रा पुग्न सकिन्छ । काभ्रामा पडाडको डिस्कामा खोपिएको स–सना पुरानै शैलीका घरहरु हेर्न पाइन्छ । त्यहाँबाट एक घन्टाको पैदल यात्रापछि जुम्लाको चौथा भन्ने ठाउँमा पुगिन्छ । त्यहाँबाट पनि एक घन्टाको उकालो हिडेर जुम्लाकै भुलभुले पुगिन्छ । भुलभुलमा भने सवारी आवतजाव पनि राम्रै छ ।

भुलभुलपछि रारा राष्ट्रिय निकुन्जको चेक पोष्ट सुरु हुन्छ । चेकपोष्टबाट करिब एक सय मिटर अगाडी बढ्ने बित्तिकै दुईवटा बाटाहरु आउँछन । जहाँबाट गएपनि रारा पुग्न सकिन्छ । वायापट्टि लाग्दा अग्ला अग्ला डाडाँ पार गर्दै रारा पुग्न सकिनछ । तर, अर्कोबाटो लाग्दा भने झ्यारी भने ठाउँमा पुग्न सकिन्छ । झ्यारी पुग्न भने सहज बाटो छैन । जंगलको बाटो सिधै ओरालो झर्नु पर्छ । झ्यारीमा खाना नास्ताका लागि होटल पनि पाइन्छ । झ्यारीबाट भने करिब तीन घन्टाको यात्रा पछि रारा नजिकैको पाटनमा पुग्न सकिन्छ ।

रारा नजिकैको छातीमा फैलिएको घाँसेमैदान, कोणधारी हरियो वन, चारैतिर ठूलो चौर, माथि नीलो आकाश, उत्तरतर्फ लस्करै हिमशृंखला, झरना अनि चिसो सिरेटोसँगै लुकामारी खेलेका सेता बादलको घुम्टोमुनि मनोरम दृश्यले सबैको थकान भुलाइदिन्छ ।

रारा छेउमै पुग्दा पनि अझै ‘कस्तो होला रारा ताल ? ’ मनमा कौतुहलता चलिनै रहेको हुन्छ । सल्लाघारीको बीचबाट विशाल गोरेटो छ । जंगलभित्र छिर्न कठिन हुने बुट्टयानहरूका साथमा रूखका हाँगाहाँगासम्म फैलिएका सुकेका लेउहरू । झाडीका बीचमा आउने झ्याइँकिरीको आवाजसँगै जंगली संगीतले साउती गर्दछ । झन्डै ३० मिनेट पैदल हिँडेपछि एउटा नसोचेको दिव्य संसार आउँछ । त्यही हो रारा । त्यसमा पनि राराले फेर्ने विभिन्न रुपले पनि सबैको मन तानेको हुन्छ ।

खर्च कति
रारा घुम्न जाने सोचमा हुनुहुन्छ भने खर्च धेरै हुने गन्तव्यको रुपमा नलिदा हुन्छ । रारा जानको लागि सबैभन्दा सस्तो रुट छनौट गर्ने हो भने १७ हजारमै रारा पुगेर काठमाडौं आउन सकिन्छ ।

काठमाडौंबाट २७ सय रुपैयाँ बस भाडा लाग्छ । बाटोमा खाजा खानाका लागि एक हजार भए पुग्छ । जूम्ला सदरमुकाम बसाइका लागि एक हजार रुपैयाँका खाना सहित बास पाइन्छ । त्यहाँबाट रारातालसम्म हिडेर दुई दिनमा पुग्नका लागि तीन हजार रुपैयाँ भए पुग्छ ।

रारा तालका घोडा चढ्नदेखि एक रातको बसाइ र खानामा दुई हजारले पुग्छ । फेरि सोही रुटमा पर्कदा करिब १७ हजारमा काठमाडौ आइपुगिन्छ । होइन म फर्कदा हवाई यात्रा गर्छु भनेपनि कुनै बढी रकम लाग्दैन । किनकि ताल्चाबाट नेपालगञ्जको राजा विमानस्थल ४२ सय रुपैयाँमै आउन सकिन्छ । नेपालगन्जमा दूई हजारमा एक रात मज्जाले बिताएर काठमाडौं आइपुग्दा पनि १७ हजार भन्दा बढी खर्च हुँदैन । तर, नेपालगज्ज तथा सुर्खेत वा जुम्ला सदरमुकाम खलंगाबाट गाडी रिजर्भ गरेर जाँदा भने तीन हजार रुपैयाँसम्म बढी लाग्न सक्छ ।

रारा जान उपयुक्त समय कहिले
रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बरदेखि मार्च महिनासम्म १ मिटरसम्म हिउ पर्ने हुदाँ यहाँको तापक्रम शुन्य भन्दा पनि तल हुने भएकोले यो समयमा उपयुक्त हुँदैन । तालको पानी पनि जमेको जस्तो देखिन्छ । तर, नेपालीहरु दसैं तथा तिहारको बीचमा बढी घुम्न जाने गरेका छन् ।

ताल्चा–नेपालगन्ज उडान भर्ने जहाजले राराको फन्को लगाइदिन्छ । जसका कारण अवलोकनकर्ताले आकाशबाट पनि तालको मनोरम दृष्य कैद गर्न सक्छन् । आकाशबाट हेर्दा उपत्यका जस्तो लाग्ने राराको रंग गाढा निलो देखिन्छ । जेठदेखि आसोजसम्मको मौसममा बिभिन्न फूलहरू पहिरिएर स्वर्गकी अस्सरा झैं देखिने रारा तालको शोभा रारा निकुन्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिएको छ ।

सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर बस्दा त बर्णन गर्ने शब्द नै नभएको महशुस हुन्छ । । राराबाट पश्चिमतर्फ तीन घण्टा हिडेपछि पुगिने मुर्माटपबाट राराको मनोरम दृश्य सैपाल हिमालको अवलोकन गर्न पाइन्छ ।

तस्वीरः गुगल

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति