काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई विरूद्द अविश्वास प्रस्ताव पेश भएको छ।
मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पेश भएको सो बैठकमा ओली पक्षका सांसदको भने उपस्थिती छैन।
आइतबार बसेको प्रदेशसभा बैठकमा प्रचण्ड-माधव समूहका सांसद इन्द्रबहादुर आङ्बोले अविश्वास प्रस्ताव पेश गरेका हुन ।
सत्तापक्षले बहिष्कार गरेको बैठकमा अविश्वासको प्रस्ताव पेश भएसँगै सकिएको छ । अर्को बैठक फागुन २० गते बस्नेगरी आइतबारको बैठक सकिएको हो ।
राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।